मुख्यमन्त्रीले असोला भाटीस्तित नीली झील नजिक गरे योगाभ्यास
मुख्यमन्त्रीले असोला भाटीस्तित नीली झील नजिक गरे योगाभ्यास


नयाँ दिल्ली, 21 जून (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार 12औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्राकृतिक सौन्दर्य अनि जैव विविधताद्वारा समृद्ध असोला भाटीको नीली झील क्षेत्रमा आयोजित विशेष योग कार्यक्रममा सहभागी भएर नागरिकहरूसित सामूहिक योगाभ्यास गरिन्। यस वर्ष दिल्ली सरकारको पक्षबाट ‘एक दिल्ली, एक योग’- को भावना बोकेर राजधानीका सबै 70 विधानसभा क्षेत्रहरूमा एकसाथ योग कार्यक्रम आयोजना गरियो। यसमा हजारौं नागरिक, विद्यार्थी, युवा, महिला अनि वरिष्ठ नागरिकहरूले उत्साहपूर्वक भाग लिए। यस अवधि राजधानीका विभिन्न भागहरूमा योगको माध्यमबाट स्वस्थ जीवनशैली र सामूहिक जनसहभागिताको सन्देश दिइयो।

यस अवसरमा दिल्ली सरकारका मन्त्री सरदार मनजिन्दर सिंह सिरसा, दक्षिण दिल्लीबाट सांसद रामवीर सिंह बिधूड़ी सहित सम्बन्धित विभागका वरिष्ठ अधिकारी, विद्यार्थी, योग प्रशिक्षक औ ठूलो सङ्ख्यामा नागरिकहरू उपस्थित थिए।

मुख्यमन्त्रीले भनिन्, योग भारतीय संस्कृतिको त्यो अमूल्य धरोहर हो जसमाथि सम्पूर्ण देशलाई गर्व छ। वर्ष 2014- मा माननीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त राष्ट्रमा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव राखिेको थियो जसलाई विश्व समुदायले अभूतपूर्व समर्थन दियो र आज दुनियाँका लगभग हरेक देशका मानिसहरूले योगलाई आप्नो जीवनको अङ्ग बनाइरहेका छन्। उनले भनिन्, योग शारीरिक व्यायाम मात्र होइन, यो हाम्रो जीवनशैली, हाम्रो चेतना र शरीर, मन र आत्माबीच सन्तुलन स्थापित गर्ने सम्पूर्ण जीवन पद्धति हो। नियमित योगाभ्यास व्यक्तिलाई जीवनपर्यन्त स्वस्थ र सकारात्मक बनाइराख्ने माध्यम हो।

मुख्यमन्त्री गुप्ताले भनिन्, असोला भाटी दिल्लीमा अवस्थित प्रकृतिको अमूल्य उपहार हो जसको बारेमा अहिले पनि धेरै जना दिल्लीवासीहरू अनभिज्ञ छन्। नीली झील, टाड़ा-टाड़ासम्म फैलिएको हरित वन, विविध प्रकारका पशु-पक्षी औ प्राकृतिक वातावरणले यस्तो अनुभव गराउँछ मानौं व्यक्ति राजधानीदेखि टाड़ा कुनै प्राकृतिक पर्यटन स्थलमा छ। यहाँ चितुवा, हिरण, नीलगाय, विभिन्न पक्षी प्रजाति तता अन्य वन्यजीवहरू बसोबास गर्दछन् भने यस स्थानले प्रकृतिसित जोड़िनुको अद्भुत अवसर प्रदान गर्छ।

यस अवसरमा मुख्यमन्त्रीले असोला भाटी वाइल्ड लाइफ सेञ्चुरीमा तैनाथ 132 इन्फ्यान्ट्री बटालियन (टेरिटोरियल आर्मी) ईको राजपूत यूनिटका सैनिकहरूसित भेट गरी पर्यावरम संरक्षण तथा वन सम्पदा सम्वर्द्धनमा उनीहरूले पुऱ्याइरहेको योगदानको सराहना गरिन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande