
गुवाहाटी, 21 जून, (हि.स.)। गुवाहाटीमा चालकबाट अवैध रूपमा धन असुली गरेको आरोपमा यातायात पुलिसका जवान रेकिबुल अलीलाी तत्काल प्रभावबाट निलम्बित गरिएको छ। यस आशयको जानकारी डीसीपी ट्राफिक जयन्त सारथी बोराले दिएका हुन्।
प्राप्त जानकारी अनुसार रेकिबुल अलीले राजेश डेका नामक एकजना युवकसित 7,000 रुपियाँको माग गरेको थियो। भनिन्छ, राजेश डेकाले 2,500 रुपियाँ दिए, यसै अवधि स्थानीय मानिसहरूले घटनास्थलबाट रकिबुल अलीलाई समाते अनि घटनाको विरोध गरे।
घटना बारे जानकारी पाएपछि विभागले तत्काल कारबाही गर्दै आरोपी पुलिसकर्मीलाई निलम्बित गरिदियो। मामिलाको जाँच पनि शुरू गरिएको छ।
डीसीपी ट्राफिक जयन्त सारथी बोराले स्पष्ट पारे, गुवाहाटी यातायात पुलिसले कहिल्यै पनि जरीमानाको रूपमा नगद राशि लिँदैन। उनले नागरिकहरूसित अपील गरे, यदि कुनै पुलिसकर्मीले नकद माग गऱ्यो भने यसको सूचना तुरून्तै सम्बन्धित अधिकारीलाई दिइयोस् ताकि ुचित कारबाही गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा