
बर्दवान, 21 जून (हि.स.)। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आसनसोलको ऐतिहासिक पोलो मैदानमा भव्य योग कार्यक्रमको आयोजन गरियो। आइतवार बिहान आयोजित यस कार्यक्रममा ठूलो सङ्ख्यामा मानिसहरूले भाग लिए अनि प्रशिक्षकहरूको मार्गदर्सनमा विभिन्न योगासन तथा प्राणायामको अभ्यास गरे। कार्यक्रममा जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारीगम, विद्यार्थिगण तथा आम नागरिकहरूको उल्लेखनीय सहभागिता देख्न पाइयो।
कार्यक्रममा राज्यका मन्त्री डा. अजय पोद्दार, भाजपा विधायक कृष्नेन्दु मुखर्जी, जितेन्द्र तिवारी, पश्चिम बर्दवानका जिल्लाधिकारी एस. पोन्नमबलम तथा आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटका पुलिस आयुक्त डा. प्रणव कुमार सहित केही गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रममा कोलकाताको ऐतिहासिक रेड रोडमा आयोजित राज्य स्तरीय योग समारोहको प्रत्यक्ष प्रसारणलाई पनि देखाइयो। मानिसहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा आयोजित योग कार्यक्रम तथा विभिन्न जनप्रतिनिधिहरूको सहभागितालाई हेरेर त्यहाँबाट प्रेरणा लिए।
यस अवसरमा वक्ताहरूले भने, योग शारीरिक ब्यायाम मात्र नभएर शरीर, मन र आत्मा सन्तुलनको पनि माध्यम हो। नियमित योगाभ्यासबाट अनेकौं रोगहरूदेखि बच्न सम्भव छ भने मानिसहरूले स्वस्थ र सकारात्मक जीवनशैली अप्नाउन सक्नेछन्।
मन्त्री डा. अजय पोद्दारले आफ्नो सम्बोधनमा भने, पश्चिम बङ्गालले विभिन्न समयमा विभिन्न चुनौतीहरूको सामना गरेको छ। विकासको लागि केन्द्र र राज्यबीच श्रेष्ठ समन्वय हुन आवश्यक छ। पश्चिम बङ्गालले धेरै वटा अवसरहरूमा देशको राजनीतिलाई दिशा दिने काम गरेको छ भने आगामी दिनमा पनि राज्यको भूमिका महत्वपूर्ण रहनेछ।
योगको महत्वमाथि बल दिँदै उनले भने, योगले शरीरलाई स्वस्थ राख्ने माध्यम मात्र नभएर मानसिक शान्ति र सन्तुलनको आधार पनि हो। नियमित योग अभ्यासबाट तनाउ कम हुन्छ, मनलाई शान्ति प्राप्त हुन्छ अनि व्यक्ति स्वस्थ जीवन तर्फ अग्रसर हुन्छ।
विश्व योग दिवसको अवसरमा आयोजित यस कार्यक्रमले मानिसहरूलाई योगलाई आफ्नो दैनिक दिनचर्याको अङ्ग बनाउने अनि स्वस्थ भारतको सङ्कल्पलाई मजबुत बनाउने सन्देश दियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा