मेदिनीपुर भर्ती घोटालामा अभिषेक ब्यानर्जीका निकटवर्ती सुमित राय विरूद्घ एफआईआर
मेदिनीपुर भर्ती घोटालामा अभिषेक ब्यानर्जीका निकटवर्ती सुमित राय विरूद्घ एफआईआर


कोलकाता, 21 जून (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लाको डेबरा थानामा पूर्व विधायक सुजय हाजरा विरूद्ध दर्ता एफआईआर मामिलामा अब अभिषेक ब्यानर्जीका निकटवर्ती सहयोगी सुमित रायको नाम पनि जोड़िएको छ। पुलिसले सुमित राय विरूद्ध पनि मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

जानकारी अनुसार शालबनी थानामा पहिलाबाटै दर्ता एउटा मामिलामा पनि पुलिसले सुमित रायलाई खोजिरहेको छ। अहिलेसम्म उनको बारेमा सुइँको लागेको छन। राज्यको जाँच एजेन्सी अपराध अन्वेषण विभाग (सीआईडी)-ले उनको विरोधमा लुकआउट सर्कुलर पनि जारी गरेको छ। अब डेबरा थानाको अर्को मामिलामा पनि उनको नाम मुछिएको छ।

सिकायतकर्ताले आरोप लगाएका छन्, आरोपी आशिकले उनीसित थप पैसाको माग गरेको थियो। उसले भनेको थियो, यो रकम अभिषेक ब्यानर्जीका निकटवर्ती सहयोगीलाई दिनुपर्छ। सिकायत अनुसार केही पैसा लिएपछि रङ्गीन जेरक्सको रूपमा एउटा नियुक्त पत्र दिइयो, तर असली नियुक्ति पत्र कहिल्यै दिइएन। पैसा फर्काउने माग गर्दा झुटो मामिलामा फसाइदिने धम्की दिेइयो।

यसै मामिलामा अब सुमित राय विरूद्ध एफआईआर दर्ता गरिएको छ। यसअघि अर्को मामिलामा सुमितलाई खोज्न शालबनी थानाको पुलिस कोलकाताको कालीघाटस्थित अभिषेक ब्यानर्जीको घरसम्म पुगेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande