असम अब देश-विदेशका पर्यटकहरूको प्रमुख आकर्षण केन्द्र भएको छ: भाजपा
असम अब देश-विदेशका पर्यटकहरूको प्रमुख आकर्षण केन्द्र भएको छ: भाजपा


गुवाहाटी, 21 जून, (हि.स.)। एक समयमा दुर्गम औ असुरक्षित ठानिने असम आज देश-विदेशका पर्यटक तथा निवेशकहरूको लागि आकर्षणको प्रमुख केन्द्र बन्न पुगेको छ। भारतीय जनता पार्टी (भाजपा)-ले दाबी गरेको छ, प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा राज्यमा शान्ति, विकास एवं पर्यटनको क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ।

प्रदेश भाजपा मुख्यालय अटल बिहारी वाजपेयी भवनमा आयोजित एक सम्वाददाता सम्मेलनमा पार्टीका प्रवक्ता प्राञ्जल कलिताले भने, वर्षौंसम्म उग्रवाद र अस्थिरताबाट प्रभावित असम अब स्थायी शान्ति तर्फ अग्रसर छ। उनले भने, केन्द्र अनि राज्य सरकारका प्रयासहरूले गर्दा विभिन्न सङ्गठनहरूसित 12 वटाभन्दा अधिक शान्ति सम्झौता भएको जसको परिणामस्वरूप राज्यमा सुरक्षा अनि विकासको वातावरण सृजना भएको छ।

कलिताले भने, प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा काजीरङ्गा राष्ट्रिय उद्यानको दौड़ाह तथा त्यहाँ विश्राम गरिनाले असमको पर्यटकलाई वैश्विक पहिचान प्राप्त भएको छ। वर्ष 2025-26 मा काजीरङ्गा राष्ट्रिय उद्यानमा लगभग 5.48 लाख पर्यटकहरूले भ्रमण गरे भने पछिल्लो वर्ष राज्यका हवाईअड्डाहरूको उपयोग 70 लाखभन्दा अधिक यात्रीहरूले गरे।

उनले भने, हालैमा भएको यूरोपीय सङ्घको प्रतिनिधिमण्डलको असम दौड़ाह पश्चात यूरोपीय सङ्घका सदस्यहरूद्वारा आफ्नो देशको लागि असमको यात्रा सम्बन्धि प्रतिबन्धलाई हटाउने घोषणा गरिएको छ। यसबाट असमको पर्यटन औ निवेश क्षेत्रलाई नयाँ गति प्राप्त हुनेछ। यसअघि अस्ट्रेलिया अनि जापानले पनि आफ्ना नागरिकहरूको लागि असम सम्बन्धि यात्रा प्रतिबन्धलाई समाप्त गरिसकेको छ।

भाजपा प्रवक्ताले भने, राज्य सरकारको होमस्टे योजना, बौद्ध पर्यटन सर्किटमा उत्तर-पूर्वलाई सामेल गरिनु, अन्तर्राष्ट्रिय स्तरका सङ्गीत कार्यक्रमहरू तथा आईपीएल एवं अन्य अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजनबाट असम युवा अनि पर्यटकहरूको लागि रूचिकर गन्तव्य बन्दै गइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande