
गुवाहाटी, 21 जून (हि.स.)। गुवाहाटीको सोनापुरस्थित सशस्त्र सीमा बल (एसएसबी)- को प्रथम वाहिनीका कमाण्डेन्ट सुनिल कौशिकको मार्गदर्शनमा सबै समवायहरूको कार्यक्षेत्रका विद्यालयहरूमा 12औं अन्तर्राष्ट्रिय योग दिवस आज उत्साह एवं उल्लासको साथमा मनाइयो। यस अवसरमा वाहिनी/समवायहरूका सबै अधिकारीगण, बलकर्मी, छात्र-छात्राहरू एवं आमजनता उपस्थिति थिे। कार्यक्रममा ध्यानाभ्यास गर्नको साथै योगलाई दैनिक जीवनको अङ्ग बनाउने सङ्कल्प लिइयो।
यस वर्ष अन्तरराष्ट्रीय योग दिवसको थीम “स्वस्थ आयुका लागि योग” थियो जसको उद्देश्य सबै आयु वर्गका मानिसहरूलाई स्वस्थ, सक्रिय एवं सन्तुलित जीवनशैलीप्रति जागरूक गराउनु हो।
यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कोलकाता (पश्चिम बङ्गाल)-मा आयोजित 12औं अन्तर्राष्ट्रिय योग दिवसको राष्ट्रिय कार्यक्रमको प्रत्यक्ष प्रसारण देखाइयो। प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँ आफ्नो सम्बोधनमा योगलाई स्वस्थ एवं समृद्ध जीवनको आधार बताउँदै नियमित योगाभ्यासलाई जन-जनस् पुऱ्याउने आह्वान गरे।
यस अतिरिक्त एसएसबी प्रथम वाहिनीद्वारा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थान (एलएनआईपीई) कमारकुचीमा अलग-अलग समूहका सदस्याहरूलाई लिएर योग कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा स्थानीय ग्रामीण, युवा एवं महिलाहरूले उत्साहपूर्वक भाग लिए। एसएसबी कार्मीहरूद्वारा ग्रामीणहरूलाई योगको महत्व, यसको स्वास्थ्य लाभ तथा नियमित योगाभ्यासबाट हुने शारीरिक एवं मानसिक लाभहरूको बारेमा जानकारी दिइयो। यस पहलको उद्देश्य आफ्नो कार्यक्षेत्रमा स्वास्थ्य जागरूकता बढ़ाउनु तथा योगलाई जन-जनसम्म पुऱ्याउनु हो।
एसएसबीको प्रथम वाहिनीको ‘जी’ समवायका सहायक कमाण्डेन्ट नवीन चन्द्र दासले आफ्नो सम्बोधनमा भने, योग भारतको प्राचीन एवं अमूल्य धरोहर हो जसले शारीरिक, मानसिक एवं आध्यात्मिक स्वास्थ्यलाई सुदृढ़ बनाउनमा महत्वपूर्ण भूमिका निभाउँछ। उनले सबै कर्मी एवं स्थानीय नागरिकहरूलाई नियमित योगाभ्यास गरेर स्वास्थ जीवनशैलीलाई अप्नाउनको लागि प्रेरित गरे।
-------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा