दिनहाटामा भ्रष्टाचारको जाँच तीव्र, अदयन गुहा र उनका निकटवर्तीहरू रडारमा
दिनहाटामा भ्रष्टाचारको जाँच तीव्र, अदयन गुहा र उनका निकटवर्तीहरू रडारमा


कुचबिहार, 21 जून (हि. स.)। जिल्लाको दिनहाटामा कथित भ्रष्टाचार मामिलको जाँच तीव्र भएको छ। राज्यको नवगठित भ्रष्टाचार निरोधक आयोगले तृणमूल नेता उदयन गुहा र उनका सहयोगीहरूविरूद्ध भइरहेको जाँचमा सक्रियता बढ़ाएको छ। आवास योजना, शिशुमङ्गल औ उत्तर बङ्गाल विकाससित जोड़िएको कथित घोटालाहरूको गहन अनुसन्धान गरिँदैछ। यसै सिलसिलामा आयोगका सदस्य सचिव तथा उत्तर बङ्गालका एडीजी पुलिस कलियप्पन जयरामन आइतवार दिनहाटा आइपुगेका छन्। उनले जिल्लाका पुलिस अधीक्षक तथा अन्य वरिष्ठ अधिकारीहरूसित लामो बैठक गरे।

सूत्र अनुसार उदयन गुहासित पनि जाँचबुझ गरिएको छ जसमा शिशुमङ्गल घोटालामा उदयन गुहाको छोरा सायन्तन गुहाको नाम सामु आएको छ। उनका सहयोगीहरूले शिक्षक अनि व्यापारीहरूबाट बलजफ्ती धन असुली गरे। केही स्कूलहरूबाट यस किसिमको सिकायत प्राप्त भएको छ। पीड़ितहरूको सूची तयार गरिंदैछ साथै गुप्त बयान पनि दर्ता गरिसकिएको छ।

पुलिस सूत्रको भनाइ छ, यदि आरोपहरू पुष्टि भए सायन्तन गुहाको पक्राउ सम्भव छ। यस अतिरिक्त मामिलामा अन्य मानिसहरूको भूमिकाको पनि जाँच गरिँदैछ जसमा स्थानीय नेता, व्यवसायी औ अस्पतालसित सम्बन्धित अधिकारीहरू सामेल छन्। जाँचमा केही संदिग्ध व्यक्तिहरूको सम्पत्तिमा असामान्य वृद्धि पनि सामु आएको छ। दिनहाटा, सिलगढ़ी अनि कोलकातामा करोड़ौंको सम्पत्ति रहेको थाहा लागेको छ। यी सम्पत्तिहरूको श्रोत के हो र यसको सम्बन्ध घोटालासित छ कि छैन, जाँच गरिँदैछ।

अधिकारीहरूको भनाइ छ, जाँच निष्पक्ष अनि व्यापक रूपमा गरिँदैछ। कुनै पनि दोषीलाई छोड़िनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande