हाजोका वन अधिकारीहरूमाथि अनुशासनात्मक कारबाही, रेञ्ज अधिकारीको दण्डात्मक स्थानान्तरण
हाजोका वन अधिकारीहरूमाथि अनुशासनात्मक कारबाही, रेञ्ज अधिकारीको दण्डात्मक स्थानान्तरण


गुवाहाटी, 21 जून (हि.स.)। असम सरकारले हाजो वन क्षेत्रमा कथित अनियमितता अनि अवैध धन सङ्ग्रह गरेको आरोपलाई गम्भीर रूपमा लिएर सम्बन्धित अधिकारीहरू विरूद्ध तत्काल अनुशासनात्मक कारबाही गरेको छ।

प्राप्त प्रतिवेदनको आधारमा वन मन्त्री जयन्त मल्लबरुवाले हाजोको वनाञ्चलिक अधिकारी (रेञ्ज फरेस्ट अफिसर) प्राञ्जल बर्मनलाई दण्डात्मक स्थानान्तरम गर्ने निर्देस दिएका छन् भने वनकर्मी इम्तियाज अहमदलाई निलम्बित गरिएको छ।

वन विभागलाई अवैध रूपमा धन सङ्ग्रह गरेको तथा प्रशासनिक अनियमितताहरूसित सम्बन्धित सिकायतहरू प्राप्त भएपछि यो कारबाही गरिएको हो। मन्त्रीले स्पष्ट पारे, विभागमा कुनै पनि प्रकारको भ्रष्टाचार, कदाचार वा नियमहरूको उल्लङ्घनलाई सहन गरिनेछैन।

विभागीय सूत्र अनुसार मामिलाको अग्रिम जाँच जारी छ। जाँच रिपोर्टको आधारमा आवश्यकतानुसार अतिरिक्त कारबाही गर्न सकिन्छ। राज्य सरकारले वन विभागमा पारदर्शिता, जवाफदेही औ सुशासन सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोऱ्याएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande