अपडेटः बस र ट्रेलरको ठक्करमा 4 जनाको मृत्यु, 39 जनाभन्दा अधिक घाइते
अपडेटः बस र ट्रेलरको ठक्करमा 4 जनाको मृत्यु, 39 जनाभन्दा अधिक घाइते


जलपाईगुड़ी, 21 जून (हि. स.)। जिल्लाको मयनागुड़ी क्षेत्रिस्थित उल्लाडाबरीमा आइातवार बिहान भएको एक सड़क दुर्घटनामा 4 जना यात्रीहरूको मृत्यु भयो भने 39 जनाभन्दा अधिक मानिसहरू घाइते भए। पुलिस मृतकहरूको पहिचान कार्यमा जुटेको छ। सबै घाइतेहरूलाई जलपाईगुड़ी मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ जसमा एकजना तीन वर्षीय बालक र दुइ जना महिलाहरूको अवस्था गम्भीर छ।

जानकारी अनुसार ट्रेलरको अघिल्लो चक्का खराब भएको कारणले सड़क किनारमा राखिएको थियो। यसै अवधि सिलगढ़ीदेखि कुचबिहार तर्फ आइरहेको बस वर्षाको कारणले सड़क चिप्लो भएकोले सड़कमा नियन्त्रण गुमायो अनि टिस्टा सेतु नजिक पछाड़िबाट ट्रेलरसित ठोक्कियो। यस भयानक ठक्करमा बसको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भयो।

घटना घटेको तुरून्तैपछि स्थानीय मानिसहरूले बचाउ कार्य शुरू गरे अनि पुलिस र दमकल विभागलाई सूचित गरे। सूचना पाएर घटनास्थलमा पुगेको पलिसले घाइतेहरूलाई अस्पतालमा पुऱ्यायो जसमध्ये कतिपय घाइतेहराली मयनागुड़ी ग्रामीण अस्पतालमा पनि पठाइयो।

अस्पताल सूत्र अनुसार 39 जना घाइतेहरूलाई जलपाईगुड़ी मेडिकल कलेजमा लगिएको थियो जसमध्ये 18 जनालाई आईसीयूमा भर्ती गरिेको छ। घाइतेहरूमा 15 जना पुरूष, 12 जना महिला र दुई जना नानीहरू सामेल छन्।

घटनाको कारणले राष्ट्रिय राजमार्गमा केही समयसम्म यातायात पूर्ण रूपले बाधित भएको थियो। पछि प्रशासनले दुर्घटनाग्रस्त बस र ट्रेलरलाई हटाएर यतायात बहाल गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande