खड़गपुरको भारतीय प्रौद्योगिकी संस्थानमा मनाइयो 12औं अन्तर्राष्ट्रिय योग दिवस
खड़गपुरको भारतीय प्रौद्योगिकी संस्थानमा मनाइयो 12औं अन्तर्राष्ट्रिय योग दिवस


खड़गपुर, 18 जून (हि.स.)। खड़गपुरस्थित भारतीय प्रौद्योगिकी संस्थान खड़गपुरमा आइतवार 12औं अन्तर्राष्ट्रिय योग दिवसकाो आयोजन उत्साह एवं उमङ्गको साथमा गरियो। यस कार्यक्रममा 4 सयभन्दा अधिक विद्यार्थीहरू, शिक्षक, कर्मचारी तथा परिसरका निवासीहरू सामेल भए।

संस्थानको प्रौद्योगिकी छात्र जिमखाना परिसरमा आयोजित कार्यक्रमको शुरुआत जिमखाना अध्यक्ष प्रोफेसर देबलय चक्रवर्तीको सम्बोधनबाट भयो। त्यसपछि संस्थानका निदेशक प्रोफेसर सुमन चक्रवर्तीले कार्यक्रमलाई सम्बोधन गरे।

कार्यक्रममा निदेशक सहित डीन, शिक्षक, कर्मचारी, विद्यार्थी एवं ठूलो सङ्ख्यामा परिसरवासीहरू सामेल भए।

वार्म-अप सत्रपश्चात सबै प्रतिभागीहरूले सामूहिक रूपमा योगासन गरे। यस अवधि 6-देखि 11 वर्षसम्मका बाल-बालिकाहरूले विशेष प्रस्तुति दिए जसले यो सन्देश दियो कि योग हरेक आयु वर्गा मानिसहरूको लागि लाभकारी छ। कार्यक्रमको समापन राष्ट्रिय गीत तथा राष्ट्रगानको साथमा भयो।

अन्तर्राष्ट्रिय योग दिवसपूर्व संस्थानमा गत 5 जूनदेखि प्रतिदिन बिहान 6 बजेदेखि 7:30 बजेसम्म योग सत्र आयोजना गरिँदै आएको थियो। यसमा विद्यार्थी तथा परिसरका मानिसहरूलाई योगाभ्यास गराइएको थियो। साथै बाहिरबाट आएका विशेषज्ञहरूले व्याख्यान अनि प्रशिक्षण सत्र पनि सञ्चालन गरे।

यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशलाई पनि साझा गरियो। यस वर्ष दिवसको थीम रहेको छ “स्वस्थ वृद्धावस्थाका लागि योग” जसको सन्देश हो, योग बुजुर्गहरूको लागि मात्र नभएर हरेक उमेरका मानिसहरूको लागी जीवनभरि स्वास्थ्य तथा सन्तुलनको माध्यम हो।

संस्थानका निदेशक प्रोफेसर सुमन चक्रवर्तीले भने, योगले मानसिक एवं शारीरिक स्वास्थ्यबीच सन्तुलन स्थापना गर्छ अनि मानिसहरूलाई स्वस्थ जीवनशैली अप्नाउनको लागि प्रेरणा दिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande