चोरहरू भाग्दैछन् भन्दैमा चौकीदारहरुले आफ्नो जिम्मेवारी छोड्नु हुँदैन: अजय एडवर्ड्स
Ajay Edward


दार्जिलिङ, 21 जून (हि.स.)। दार्जिलिङ पहाडको वर्तमान राजनीतिक स्थितिमाथि कटाक्ष गर्दै गोर्खा जनशक्ति फ्रण्टका केन्द्रिय संयोजक अजय एडवर्ड्सले सामाजिक संजालमा एउटा पोस्ट गरेका छन्, जसमा उनले 'चोरहरू भाग्दैछन् भन्दैमा चाैकीदारहरूले आफ्नो ठाउँ छोड्नु पर्छ र? भनी प्रश्न तेर्साएका छन्।

एडवर्ड्सले पोस्टमा लेखेका छन, दुधको साक्षी बिरालो बन्नलाई निर्वाचित सभासदहरूले आ-आफ्नो पदभारबाट राजीनामा दिए भन्दैमा सरकारले जनहितको निम्ति जारी गरेका योजनाहरूको सुरक्षा गरेर बस्नेहरूले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु कदापि उचित हुँदैन। उनले भ्रष्टाचार, धाँधलीको आरोपीहरूले आफुलाई जनताको सिपाही बताउँदैमा जनताको साँचो चाैकीदारहरूले आफ्नो जिम्मेवारी साथै जनताले दिएको जिम्मेवारी छोड्नु हुँदैन भनेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande