एसएपी बटालियनमा अन्तर्राष्ट्रिय योग दिवसको आयोजन, 400भन्दा अधिकले गरे योग
एसएपी बटालियनमा अन्तर्राष्ट्रिय योग दिवसको आयोजन, 400भन्दा अधिकले गरे योग


सिलगढ़ी, 21 जून (हि.स.)। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पश्चिम बङ्गालको सिलगढ़ी संलग्न डाबग्रामस्थित स्टेट आर्म्ड पुलिस (एसएपी)-को 10औं बटालियनमा आइतवार बिहान विशेष योग कार्यक्रमको आयोजना गरियो। बिहान विशेष योग कार्यक्रमको आयोजन गरियो। बिहान 6:30 बजेदेखि शुरू भएको यस कार्यक्रममा लगभग 4 सय पुलिसकर्मी, उनीहरूका परिवारहरू तथा बाल-बालिकाहरूले उत्साहपूर्वक भाग लिए।

देशभरिसँगसँगै पश्चिम बङ्गालमा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाइयो। यस अवसरमा कोलकातामा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भाग लिए। राज्यका विभिन्न जिल्लाहरूमा सरकारी तथा असरकारी संस्थानहरूद्वारा पनि योग कार्यक्रम आयोजना गरियो।

डाबग्राममा आयोजित कार्यक्रममा विभिन्न योगासन तथा प्राणायामको प्रदर्शन गरियो। प्रशिक्षकहरूको मार्गदर्शनमा प्रतिभागीहरूले योगाभ्यास गरे अनि शारीरिक एवं मानसिक स्वास्थ्यको लागि नियमित योगको महत्वलाई बुझे।

एसएपी 10औं बटालियनद्वारा यस कार्यक्रमको उद्देश्य मानिसहरूमा स्वास्थ्यप्रति जागरूकता बढ़ाउनु अनि दैनिक जीवनमा योगलाई अप्नाउनको लागि प्रेरित गर्नुथियो। कार्यक्रममा बटालियनका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande