
कोलकाता, 21 जून (हि. स.)। पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले विश्व सङ्गीत दिवसको अवसरमा आइतवार सोशल मीडियाको माध्यमबाट एउटा सन्देश जारी गरिन्। उनले आफ्नो फेसबुक पेजमा एउटा पोस्टर साझा गर्दै सङ्गीतको महत्वमाथि आफ्नो विचार व्यक्त गरिन्।
ममता ब्यानर्जीले भनिन्, शब्द अनि सीमादेखि धेरै टाड़ा सङ्गीत मानव सभ्यताको सबैभन्दा सुन्दर अभिव्यक्तिहरूमध्ये एक हो। यो एउटा यस्तो सार्वभौमिक लय हो जसले मानिसहरूलाई प्रेरणा दिन्छ, मनलाई शान्ति पुऱ्याउँछ अनि पिंँढ़ीहरूलाई आपस्तमा जोड़ेर राख्छ। उनले यस शाश्वत सङ्गीत परम्परालाई सम्मान दिने कुरा समेत गरिन्।
उल्लेखनीय छ, प्रत्येक वर्ष 21 जूनमा विश्व सङ्गीत दिवस मनाइन्छ जसको शुरूआत फ्रान्सको लोकप्रिय सङ्गीत उत्सव फेट द ला म्यूजिकबाट भएको थियो जसको अर्थ हो, ‘सङ्गीतको वैश्विक उत्सव’।
वर्ष 1981- मा फ्रान्सका तत्कालीन संस्कृति मन्त्री ज्याक ल्याङ्गले यस आयोजनलाई अन्तर्राष्ट्रिय स्तरमा पुऱ्याउने पहल गरे। त्यसपछि 1982 सालदेखि 21 जूनलाई विश्वभरि नै वर्ल्ड म्यूजिक डे वा अन्तर्राष्ट्रिय सङ्गीत दिवसको रूपमा पहिचान प्राप्त भएको छ।
सङ्गीतलाई लिएर मान्यता छ, राम्रो धुन र भावपूर्ण गीतले सेझै मानिसहरूको हृदयलाई छुन्छ। त्यसैले सङ्गीत कहिल्यै पनि कुनै भाषा वा सीमामा बाँधिदैन। यसले सारा दुनियाँलाई एक सूत्रमा बाँध्ने काम गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा