पश्चिम मेदिनीपुरका ठाउँ-ठाउँमा अन्तर्राष्ट्रिय योग दिवसको भव्य आयोजन
पश्चिम मेदिनीपुरका ठाउँ-ठाउँमा अन्तर्राष्ट्रिय योग दिवसको भव्य आयोजन


पश्चिम मेदिनीपुर, 21 जून (हि.स.)। अन्तरराष्ट्रिय योग दिवसको अवसरमा आइतवार पश्चिम बङ्गालको मेदिनीपर जिल्लामा विभिन्न ठाउँमा उत्साह पूर्वक योग दिवस मनाइयो। जिल्लाका नारायणगढ़, बेलदा, खड़गपुर, पिङ्गला समेत धेरैवटा क्षेत्रहरूमा विद्यालय, सामाजिक सङ्गठन, सरकारी संस्थान औ जनप्रतिनिधिहरूको उपस्थितमा अनेकौ कार्यक्रमहरू आयोजना गरियो।

केशियाड़ीका विधायक भद्र हेमब्रमले नारायणगढ़स्थित नेकुड़सेनी उच्च विद्यालयमा विद्यार्थीहरू विशेष गरी सन्थाली माध्यमका विद्यार्थीहरूसित योगाभ्यास गरे। उनले भने, सानै उमेरदेकिको योगलाई दिनचर्यामा सामेल गर्नाले शारीरिक एवं मानसिक विकास मजबुत हुन्छ। नारायणगढ़ विधानसभाका विधायक रमाप्रसाद गिरीले बेलदा महाविद्यालय औ देउली विद्यालयमा आयोजित योग शिविरहरूमा भाग लिएर मानिसहरूलाई दैनिक जीवनमा योगलाई अप्नाउने सन्देश दिए।

यस अतिरिक्त बेलदा-दुई ग्राम पञ्चायत परिसरमा, खड़गपुरको नेताजी सुभाष पार्कमा, निमपुरा आर्य विद्यापीठ उच्च माध्यमिक विद्यालय, खड़गपुरमा, खड़गपुरकै हितकारिणी हिन्दी उच्च विद्यालय परिसरमा, जापफा खड़गपुर संयन्त्रमा पनि अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न योगाभ्यासहरू गरियो भने पिङ्गलाको नयार क्षेत्रमा पारम्परिक पटचित्र कलाकारहरूले गीतहरूको माध्यमबाट योग दिवस- 2026 को सन्देश फैलाए। जिल्लाका अन्य विद्यालय, सामाजिक सङ्गठन तथा संस्थानहरूले पनि सामूहिक योगाभ्यास गरी “एक पृथ्वी, एक स्वास्थ्य”- को सन्देश मानिसहरूसम्म पुऱ्याए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande