मोशरफ हुसैनको राजीनामाले तृणमूलभित्र राजनीतिक खैलाबैला मचियो
मोशरफ हुसैनको राजीनामाले तृणमूलभित्र राजनीतिक खैलाबैला मचियो


कोलकाता, 21 जून (हि. स.)। पश्चिम बङ्गालको सत्तारूढ़ पार्टी तृणमूल कङ्ग्रेसको अल्पसङ्ख्यक प्रकोष्ठका प्रदेश अध्यक्ष पदबाट

राजीनामा दिने घोषणा गरेर इटाहारका विधायक मोशरफ हुसैनले राज्यको राजनीतिमा नयाँ चर्चालाई जन्म दिएका छन्। उनको यस फसेलापछि पार्टीभित्र विभिन्न प्रकारका अड़कलहरू शुरू भएका छन्। राजनीतिक जगतमा चर्चा भइरहेको छ कि सोमवार विधानसभाको बजट सत्रमा उनलाई विपक्षी खेमाको साथमा देख्न सकिन्छ।

मोशरफ हुसैन यसपालि विधानसभा चुनाउमा दोस्रो पटक इटाहार सीटबाट तृणमूल कङ्ग्रेसको टिकटमा जितेर विधायक भएका छन्। पछिल्लो केही वर्षभित्रमा पार्टीको युवा अनुहारको रूपमा उनी द्रूत गतिमा उदाएका थिए। लामो समयदेखिकै राजनीतिक गल्लीहरूमा चर्चा चलिरहेको थियो कि तृणमूलको अल्पसङ्ख्यक सङ्गठनमा उनको लोकप्रियता तथा प्रभाव अत्यन्त द्रूत गतिमा बढ़ेको छ।

वर्ष 2021- को विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसले वरिष्ठ नेता अमल आचार्यको सट्टामा मोशरपलाई इटाहार सीटबाट उम्मेद्वार बनाएको थियो। चुनाउ जितेपछि विधानसभामा उनको भाषण अनि सङ्गठनात्मक सक्रियताले पार्टी नेतृत्वको ध्यान आकर्षण गऱ्यो। विशेष गरी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जी र पार्टी नेता अभिषेक ब्यानर्जीका निकटवर्ती नेताहरूमा उनको नाम लिइन्थ्यो।

पार्टीका केही वरिष्ठ अल्पसङ्ख्यक नेताहरूलाई पछार्दै मात्र 30 वर्षको उमेरमा उनलाई अल्पसङ्ख्यक सेलको प्रदेश अध्यक्ष बनाइएको थियो। यसको साथै उनलाई अल्पसङ्ख्यक वित्त निगमका चेयरम्यान पद पनि सुम्पिइएको थियो। यसबाट सङ्गठनभित्र उनको महत्व लगातार बढ़िरहेको थियो।

अब मोशरफ हुसैनको राजीनामा तथा विद्रोही खेमामा जाने सङ्केतले तृणमूल नेतृत्वको चिन्तालाई बढ़ाइदिएको छ। राजनीतिक जानकारहरूको मान्यता छ, राज्यको राजनीतिमा अल्पसङ्ख्यक भोट ब्याङ्कलाई लिएर नयाँ समीकरण बनिरहेको अवस्थामा उनको यो कदम तृणमूल कङ्ग्रेसको लागि ठूलो झट्का साबित हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande