एशियन रिले च्याम्पियनशिपमा काँस्य पदक हत्याउन सफल भारतीय टीमलाई नवीन पटनायकले दिए बधाई
एशियन रिले च्याम्पियनशिपमा काँस्य पदक हत्याउन सफल भारतीय टीमलाई नवीन पटनायकले दिए बधाई


भुवनेश्वर, 21 जून (हि.स.)। ओडिशा विधानसभामा विपक्षका नेता नवीन पटनायकले एशियन रिले च्याम्पियनशिपको 4x100 मीटर मिश्रित रिले स्पर्धामा काँस्य पदक हत्याउन सफल भएको भारतीय रिले टीमलाई हार्दिक बधाई दिएका छन्। सोशल मीडियामा जारी आफ्नो सन्देशमा पटनायकले खेलाड़ीहरूको यस उपलब्धिको सराहना गर्दै भने, यो सम्पूर्ण देशका लागि गर्वको क्षण हो। उनले आशा व्यक्त गरे, भारतीय खेलाड़ीहरूले आफ्नो खेल जीवनमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै जानेछन् अनि देशको सुनाम अन्तर्राष्ट्रिय स्तरमा फैलाउनेछन्।

उनले आफ्नो सन्देशमा भने, “चीनमा आयोजित द्वितीय एशियन रिले च्याम्पियनशिपको 4x100 मीटर मिश्रित रिले स्पर्धामा काँस्य पदक जितेकोमा भारतीय टीमलाई बधाई। मेरो कामना छ, उनीहरूले आफ्नो केल करियरमा निरन्तर सफलता हासिल गरुन् अनि देशका लागि गौरव हासिल गरिरहुन्। उनीहरूको उज्ज्वल भविष्यका लागि शुभकामना।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande