
सिलगढ़ी, 21 जून (हि. स.)। सिलगढ़ी नगरनिगममा अहिलेघरि राजनीतिक खैलाबैला तीव्र भएको छ। एकातिर लगातार राजीनामाको सिलसिला जारी छ भने अर्कोतिर नयाँ बोर्ड गठन गर्ने प्रयासले शहरको राजनीतिलाई तताएको छ। तृणमूल कङ्ग्रेसभित्र चलिरहेको तानातान अब खुलेर बाहिरिरहेको छ जसबाट मेयर पदलाई लिएर अनिश्चितता अझ् बढ़ेको छ।
पूर्व मेयर गौतम देवले राजीनामा दिएपछि उनका डिप्टी रहेका रञ्जन सरकार मेयर बन्ने दौड़मा सक्रिय भएका छन्। उनले केही पार्षदहरूसित बैठक गरेर आफूलाई मेयर र सञ्जय पाठकलाई डिप्टी मेयर बनाउने प्रस्तावलाई अगाड़ि राखेका छन्। यद्यपि यस बैठकमा कतिपय पार्षदहरूलाई नबोलाइएको आरोप लागेको छ जसबाट पार्टीभित्र मतभेद अझ् गहिरिएको छ।
सूत्र मुताविक यदि मेयर चुनाउको लागि मतदान गर्ने स्थिति उत्पन्न भए पार्टी व्हिपदेखि बच्नका लागि केही पार्षदहरूले पहिला नै राजीनामा दिरहेका छन्। गौतम देवका निकटवर्ती मानिने केही पार्षदहरूले पद त्याग गरिसकेका छन् जसमा शिविका मित्तल, दिलीप वर्मन र अभया बसु सामेल छन् भने कमल अग्रवालले चाँड़ै नै राजीनामा दिने घोषणा गरेका छन्। यस अतिरिक्त मानिक दे र राजेश प्रसाद शाहले मेयर परिषद पदबाट राजीनामा दिएका छन्। तथापि नियम अनुसार मेयरको राजीनामासितै मेयर परिषद स्वतः भङ्ग हुन्छ, त्यसैले यी राजीनामाहरूलाई औपचारिक रूपमा महत्वहीन मानिंदैछ।
अर्कोतिर भाजपाले पनि सम्पूर्ण घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ।
पार्टीकेा स्थानीय नेताहरूको मान्यता छ, रञ्जन सरकारलाई मेयर बनाइयो भने उसले विरोध गर्नेछ। मामिला राज्य नेतृत्वसम्म पुऱ्याइएको छ।उचित समयमा कदम उठाउने कुरा गरिँदैछ।
राजनीतिक विश्लेषकहरूको मान्यता छ, यदि स्थिति यस्तै रहिरहे राज्य सरकारले सिलगढ़ी नगरनिगममा प्रसासक नियुक्त गर्नसक्छ। पूर्व मेयर गौतम देवले पनि सम्पूर्ण घटनाक्रममाथि नजर राखिरहेका छन्। तथापि उनले सार्वजनिक रूपमा यस विवाददेखि टाड़ा बस्ने कुरा गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा