
अमृतसर, 21 जून (हि.स.)। एसएसओसी अमृतसर औ काउन्टर इन्टेलिजेन्स जालन्धरले केन्द्रिय एजेन्सीको सहयोगमा विदेशी ह्याण्डलरहरूसित जोड़िएका ग्याङ्गस्टर मोड्यूलको भण्डाफोर गरेको छ। पुलिसले यस मामिलामा तीन जना सदस्यहरूलाई पक्राउ गरेर तिनीहरूको कब्जाबाट तीन वटा विदेशी अत्याधुनिक पिस्टोल जफत गरेको छ।
पञ्जाब पुलिस अनुसार यस सम्बन्धमा पुलिस स्टेशन एसएसओसी अमृतसरमा एफआईआर दर्ता गरिएको छ। शुरूआती जाँचमा थाहा लागे अनुसार पक्रा पर्ने आरोपीहरूले विदेशमा बसेका ग्याङ्गस्टरको निर्देशमा काम गरिरहेका थिए। यी विदेशी ह्याण्डलरहरू पञ्जाबमा ग्याङ्गवार, असुली तथा अन्य आपराधिक गतिविधिहरूमा सामेल रहेको बताइँदैछ।
पुलिसले बतायो, पक्रा पर्ने आरोपीहरूले विदेशी ग्याङ्गस्टरहरूको निर्देशमा हतियारहरूको खेप पुऱ्याउने तथा आपराधिक घटनाहरूलाई परिणाम दिने काम गरिरहेका थिए। जाँचमा यो पनि खुलासा भएको छ, आरोपीहरूको सम्बन्ध कमिश्नरेट पुलिस अमृतसरमा दर्ता एउटा हत्याको मामिला तथा बटालामा दर्ता हत्या गर्ने प्रयासको मामिलासित पनि रहेको छ।
हाल पुलिस सम्पूर्ण नेटवर्कको पत्तो लगाउनमा जुटेको छ। यिनीहरूका साथीहरूको पहिचान, यिनीहरूको पुरानो आपराधिक रेकर्ड तथा विदेशी ह्याण्डलरहरूसित सम्बन्धित सङ्गठित अपराध सिण्डिकेटलाई निमिट्यान्न पार्नको लागि अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा