
सोनादा, 21 जून (हि.स.)। रंगबुल उच्चतर माध्यमिक विद्यालयमा पश्चिम बङ्गाल दिवसको भव्य आयोजना गरिएको छ। यस विद्यालयमा पश्चिम बङ्गाल दिवसको अवसरमा सदन-स्तरीय वाक्य प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो।
कार्यक्रमको प्रायोजन 'वेस्ट बङ्गाल को-अपरेटिभ युनियन' र 'दार्जिलिङ जिल्ला को-अपरेटिभ युनियन' ले गरेका थिए। विद्यालयका विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएर आफ्नो ज्ञान, आत्मविश्वास र वक्तृत्वकलाको प्रदर्शन गरे।
यस आयोजनाको उद्देश्य पश्चिम बङ्गालको समृद्ध सम्पदा, संस्कृति र उपलब्धिहरूबारे विद्यार्थीहरूमा सचेतना जगाउनु र स्वस्थ शैक्षिक प्रतिस्पर्धालाई प्रोत्साहित गर्नु थियो। प्रतियोगिता अन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा रेड हाउस प्रथम, ब्लू हाउस द्वितीय र यल्लो हाउस तृतीय स्थान हासिल गर्यो। वाक प्रतियोगितामा यल्लो हाउस प्रथम, ग्रीन हाउस द्वितीय र रेड हाउस तृतीय स्थानमा रह्यो।
हिन्दुस्थान समाचार / हनोक