बक्सीरहाटमा तृणमूल नेतामाथि कुटपिट, पुलिसले अस्पतालमा पुऱ्यायो
बक्सीरहाटमा तृणमूल नेतामाथि कुटपिट, पुलिसले अस्पतालमा पुऱ्यायो


कुचबिहार, 21 जून (हि. स.)। जिल्लाको बक्सीरहाट क्षेत्रमा आइतवार एउटा सनसनीपूर्ण घटना घटेको छ। भोटपछि भएको हिंसा तथा कथित असुलीको आरोपमा सूचीबद्ध तृणमूल कङ्ग्रेसका नेता जहाँउद्दीन अहमदलाई उग्र भीड़ले समातेर कुटपिट गऱ्यो।

प्राप्त जानकारी अनुसार महिषकुची दुई क्षेत्रका तृणमूल सह-सभापति जहाँउद्दीन अहमद पछिल्लो डेढ़ महिनादेखिकै भागेका थिए। तिनी तूफानगञ्जको बाकला क्षेत्रमा जन स्वास्थ्य अभियन्त्रण विभागको एक पम्प हाउसमा लुकेर बसेको खबर पाएर आइतवार स्थानीय मानिसहरू तथा भाजपा कार्यकर्ताहरू ठूलो सङ्ख्यामा त्यहाँ पुगे। आरोप छ, मानिसहरूले पम्प हाउसको ताला भत्काएर तिनलाई बाहिर निकाले अनि लौरो आदिले कुट्न शुरू गरे। घटनास्थलमा पुगेको बक्सीरहाट थानाको पुलिसले आरोपीलाई भीड़देखि बचाएर बाहर निकाल्यो, त्यसपछि उपचारको निम्ति ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ती गरायो।

भनिन्छ, आरोपीविरूद्ध विधानसभा चुनाउपछि भएको हिंसा, धन आर्जन, असुलीसित सम्बन्धित धेरै वटा मामिला दर्ता छ। चुनाउमा पार्टीको हार भएपछि तिनी भागिरहेका थिए।

भाजपा नेता कनक प्रधानले आरोप लगाए, जहांउद्दीन अहमद क्षेत्रमा आतङ्कको पर्याय नै बनिसकेको थियो। उनीमाथि धेरै जना मानिसहरूको घर भत्काएको, बजारमा प्रवेश गर्नदेखि रोक लगाएको आदि आरोप लगाइएको थियो। हाल पुलिस सम्पूर्ण मामिलाको जाँचा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande