
गुवाहाटी, 21 जून (हि.स.)। गुवाहाटीको गणेशगुड़ी क्षेत्रमा गए शनिवार अबेर राति हातमा लौरो लिएर सड़कमा उत्रेका स्थानीय महिलाहरूको एक समूहले कथित असामाजिक गतिविधिहरूको विरोधमा अभियान सञ्चालन गरे।
महिलाहरूको आरोप छ, क्रसरोड्स बारबाट बाहिरिएपछि केही युवक-युवतीहरू सार्वजनिक स्थानहरूमा अनुचित काम तथा असामाजिक गतिविधिहरूमा लिप्त रहन्छन् जसले गर्दा स्थानीय मानिहरूलाई विभिन्न समस्याहरूको सामना गर्नुपर्छ। यसैको विरोधमा महिलाहरूले अबेर राति सड़कमा उत्रेर यस्ता मानिसहरूको विरोधमा कारबाही गरे।
स्थानीय महिलाहरूले आरोप लगाए, यस सम्बन्धमा कैयौं पटक सिकायत गरिएको भए पनि अहिलेसम्म दिसपुर पुलिसले कुनै प्रभावकारी कदम उठाएको छैन। पुलिसको निष्क्रियतादेखि हैरान भएर उनीहरू आफैलाई यो कदम उठाउनका लागि बाध्य हुनुपऱ्यो।
घटना अवधि क्षेत्रमा व्यापक खैलाबैला भएको देखियो। स्थानीय मानिसहरूले प्रशासन अनि पुलिससित क्षेत्रमा कानून व्यवस्थालाई कायम राख्न तथा अबेर राति हुने कथित असामाजिक गतिविधिहरूलाई प्रभावकारी ढङ्गमा नियन्त्रण गर्ने माग गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा