
खरसाङ, 21 जून (हि.स.)। गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ महकुमा समितिद्वारा साथै पार्टी अध्यक्ष बिमल गुरुङको निर्देशनमा आज खरसाङमा युवा मोर्चाको सभा सम्पन्न भएको छ। सभा युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यावन छेत्रीको अध्यक्षतामा सम्पन्न भयो।
सभामा खरसाङ महकुमा उप सभापति सोनाम लामा, खरसाङ मकुमा संयोजक सागर छेत्री, केन्द्र समिति युवा मोर्चा सदस्य योगराज प्रधान आदि उपस्थित थिए। सभामा खरसाङ नगरपालिकाको 20 वटा वार्डहरुलाई लिएर युवा मोर्चा टाउन कमिटी गठन गरियो। कमिटीमा 20 वटै वार्डका एक एकजना सदस्यलाई संयोजक नियुक्ति गरिएको छ।
कमिटीमा सर्वसमितिद्वारा मुख्य संयोजक केवल प्रधानलाई चयन गरिएको युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान् छेत्रीले बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक