सोनादामा अन्तरराष्ट्रिय योगा दिवस पालन
सोनादामा अन्तर्राष्ट्रिय योगा दिवस पालन


सोनादा, 21 जून (हि.स.)। सोनादा पुलिस आउट पोस्ट अनि सोनादा ट्राफिक पुलिसको संयुक्त आयोजनामा आज सोनादा रेलवे स्टेशनमा विश्व योग दिवस पालन गरियो। सोनादा होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालयका शिक्षिका एवं योग प्रशिक्षिका बसन्ती तामाङले योगको उपयोगिताबारे जानकारी गराउॅंदै विभिन्न योग आशनहरू सिकाएकी थिइन्।

यस योग शिविरमा दार्जिलिङ सदर सीआई पार्थो सारथी, सोनादा ट्राफिक पुलिस ओसी सबीन दर्नाल, सोनादा पुलिस आउट पोस्टका ओसी विवेक छेत्री, पुलिस कर्मचारीहरु, सोनादा रनर्स ग्रुप, सिभिक भोलेन्टियर्स लगायत अन्यहरु उपस्थित रहेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande