कमल अग्रवालले पार्षद अनि मेयरको पदबाट राजीनामा दिए
कमल अग्रवालले पार्षद अनि मेयरको पदबाट राजीनामा दिए


सिलगढ़ी, 22 जून (हि.स.)। सिलगढ़ी नगरनिगममा तृणमूल कङ्ग्रेसभित्र जारी अस्थिरता अहिले झन् बढ़्दै गइरहेको स्पष्ट रूपमा देखिएको छ। गौतम देवले राजीनामा दिएपछि अब पार्टीका वरिष्ठ नेता कमल अग्रवालले पनि पार्षद अनि मेयर परिषदको पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा पत्र सोमवार नगरनिगम आयुक्तको कार्यालयमा जमा गरियो।

कमल अग्रवालले आफ्नो पदबाट मात्र राजीनामा नदिएर तृणमूल कङ्ग्रेसको सदस्यताबाट पनि राजीनामा दिए। उनले आफ्नो लिखित राजीनामा पार्टीका दार्जीलिङ जिल्लाध्यक्ष कुन्तल रायलाई पठाएका छन्।

स्मरण गराइन्छ, कमल अग्रवाल पहिला वामका प्रभावशाली नेता रहिसकेका छन्। वर्ष 2022-को नगरनिगम चुनाउपूर्व उनी तृणमूलमा सामेल भएका थिए। उनले वार्ड नम्बर दशबाट जितेर मेयर परिषदको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका थिए। तथापि राज्यको परिवर्तित राजनीतिक परिस्थिति अनि पार्टीको आन्तरिक मतभेदको कारणले उनले यो कदम उठाएका हुन्।

यस्घि दिलीप बर्मन, शिविका मित्तल र अभया बोसले पनि पार्षद पदबाट राजीनामा दिसकेका छन्। लगातार राजीनामा दिरहेको कारणले नगरनिगममा तृणमूल पार्षदहरूको सङ्ख्या घटेर 37देखि 33 पुगेको छ।

नियम मुताविक मेयरले राजीनामा दिएको 72 घण्टा बित्दा-नबित्दै नयाँ बोर्ड गठनको प्रस्ताव राज्य सरकारलाई पठाउनुपर्छ। तर वर्तमानमा यो प्रक्रिया अड़्किएको देखिँदैछ।

सूत्र अनुसार यस्तो स्थितिमा नगरनिगम बोर्डलाई भङ्ग गरेर प्रशासक नियुक्त गर्ने सम्भावनामाथि पनि चर्चा शुरू भएको छ। विपक्षी दलहरूले तृणमूल कङ्ग्रेसलाई लक्षित गर्दै भनेका छन्, पार्टीक आन्तरिक कलह र नेतृत्वको अभावको परिणाम सिलगढ़ीका आम नागरिकरूले भोग्न परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande