तृणमूलका पूर्व कोषाध्यक्ष अरूप बिस्वासको महत्वपूर्ण दाबी, पार्टी फण्डदेखि अँध्यारोमा राखियो
तृणमूलका पूर्व कोषाध्यक्ष अरूप बिस्वासको महत्वपूर्ण दाबी, पार्टी फण्डदेखि अँध्यारोमा राखियो


कोलकाता, 22 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका पूर्व मन्त्री तथा पार्टीका पूर्व कोषाध्यक्ष अरूप बिस्वासले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। पार्टीका ब्याङ्क खाताहरूलाी फ्रीज गराएको मामिलामा जारी कारण बताऊ नोटिसको जवाफमा अरूप बिस्वासले दाबी गरेका छन्, कोषाध्यक्ष भए पनि उनलाई पार्टी फण्डको वास्तविक लेनदेन तथा रकम उपयोग बारे जानकारी दिइँदैनथिए।

पार्टी सूत्र अनुसार अरूप बिस्वासले आफ्नो तीन पृष्ठको जवाफमा भनेका छन्, उनले औपचारिक रूपमा पार्टी कोषाध्यक्षको दायित्व निर्वाह गरिरहेका थिए, धेरै वटा अवसरहरूमा उनीबाट चेकमा हस्ताक्षर पनि गराइयो। उनलाई कहिल्यै पनि यो बताइएन कि चेकबाट निकालिएको रकम कसले लियो र त्यसको उपयोग कुन उद्देश्यको लागि गरियो।

अरूप बिस्वासले कथित रूपमा यो पनि भने, पार्टीको वित्तीय लेनदेनमा उनलाई पूर्ण रूपमा अँध्यारोमा राखियो। उनले दाबी गरे, कोषाध्यक्षको पदमा रहे पनि उनीसित यो स्पष्ट जानकारी वा दस्तावेज छैन कि पार्टीको ठूलो रकम कुन मानिसहरूले निकाले र त्यसलाई कहाँ खर्च गरियो।

उनले केही चेकहरूको लेन-देनमा अनियमितता भएको आशङ्का समेत व्यक्त गरेका छन्।

यो विवाद त्यसबेला शुरू भएको थियो जतिबेला अरूप बिस्वासले निजी ब्याङ्कको कोलकातास्थित सेन्ट्रल प्लाजा शाखालाई पत्र लेखेर तृणमूल कङ्ग्रेसका तीन वटा ब्याङ्कका खाताहरूमा लेन-देन रोक्ने अनुरोध गरेका थिए। उनको पत्रको आधारमा खाताहरूबाट हुने लेनदेनलालाई अस्थायी रूपमा निलम्बित गरिएको थियो। त्यसपछि पार्टीभित्र किचलो शुरू भयो अनि अरूप बिस्वासलाई कारण बताऊ नोटिस जारी गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande