अम्बुबासी महोत्सवको प्रवृत्तिमा मुख्यमन्त्रीले माँं कामाख्यालाई गरे नमन
अम्बुबासी महोत्सवको प्रवृत्तिमा मुख्यमन्त्रीले माँं कामाख्यालाई गरे नमन


गुवाहाटी, 22 जून (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले 22-देखि 26 जूनसम्म कामाख्या धाममा आयोजित ऐतिहासिक अम्बुबासी महोत्सवको पावन अवसरमा आज माँ कामाख्याको आराधना गर्दै यस महोत्सवमा भाग लिने श्रद्धालुहरूलाई स्वागत गरेका छन्।

मुख्यमन्त्रीले सोशल मीडियामा आफ्नो आधिकारिक पेजमा एउटा पोस्ट शेयर गर्दै भनेका छन्, गुवाहाटीको नीलाचल पहाड़मा विराजमान माँ कामाख्याको पावन अम्बुबासी महायोगको प्रवृत्तिको पवित्र अवसरमा जगज्जननीका चरणहरूमा कोटी-कोटी नमन।

मुख्यमन्त्रीले भनेका छन्, यस महापर्वको अवसरमा असम आएका विश्वभरिका श्रद्धालुहरूलाई हार्दिक स्वागत गर्दछ।

उनले भनेका छन्, माँ कामाख्याको कृपादृष्टिले सबैको जीवन सुख, शान्ति, समृद्धि औ आध्यात्मिक शक्तिले परिपूर्ण होस्, यही प्रार्थना छ।

जय माँ कामाख्या।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande