बेलदालाई नगरपालिका बनाउने घोषणाले क्षेत्रवासी हर्षित
बेलदालाई नगरपालिका बनाउने घोषणाले क्षेत्रवासी हर्षित


पश्चिम मेदिनीपुर, 22 जून (हि.स.)। जिल्लाको बेलदा क्षेत्रलाई नगरपालिकाको दर्जा दिइने घोषणा पश्चात क्षेत्रमा उत्साहपूर्ण माहोल सृजना भएको छ। राज्य सरकारले बजट अधिवेशनमा बेलदालाई नगरपालिका बनाउने सम्बन्धि प्रस्तावलाई स्वीकृति दिने घोषणा गऱ्यो जसबाट स्थानीय मानिसहरूको दीर्घकालीक माग पूरा भएको देखिँदैछ।

बेलदा क्षेत्रका निवासीहरूले पछिल्लो कैयौं वर्षदेखिको क्षेत्रलाई नगरपालिका क्षेत्रमा सामेल गर्ने माग गर्दै आइरहेका थिए। यहाँ लगातार बढ़्दो जनसङ्ख्या, व्यापारिक गतिविधिहरूको विस्तार तथा द्रूत गतिमा बढ़्दो शहरी विकासलाई ध्यानमा राखेर यो मागले लगातार गति समातिरहेको थियो। विधायक रमा प्रसाद गिरीले भने, बेलदालाई नगरपालिकाको दर्जा दिइनु क्षेत्रको विकास तथा जनताको जीत हो।

राज्य सरकारको घोषणा पश्चात आइतवारदेखि नै बेलदा बजार सहित वरपरका मानिसहरूमा खुशी व्याप्त भएको छ। स्थानीय व्यापारीहरू तथा आम नागरिकहरूले सरकारको यस निर्णयलाई स्वागत गर्दै यसलाई क्षेत्रको विकासको दिशामा महत्वपूर्ण कदम बताएका छन्।

स्थानीय होटल मालिक समिरन बिस्वासको भनाइ छ, नगरपालिकाको दर्जा प्राप्त भएपछि क्षेत्रमा नागरिक सुविधाहरूको विकासले नयाँ गति पाउनेछ। विशेष रूपले पेयजल आपूर्ति, जल निकासी व्यवस्था, सड़क निर्माण एवं मरम्मत, सफाई व्यवस्था, स्ट्रीट लाइट तथा अन्य बुनियादी सुविधाहरूमा सुधार हुने आशा छ।

क्षेत्रका केही सामाजिक सङ्गठनहरूले पनि यस घोषणालाईस्वागत गरेका छन्। उनीहरूको भनाइ छ, नगरपालिका बनियो भने प्रशासनिक कार्यहरूमा तीव्रता आउनेछ अनि विकास योजनाहरूको लाभ सोझै स्थानीय मानिसहरूसम्म पुग्नसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande