
कोलकाता, 22 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारको बजट अधिवेशनमा सिभिक भोलन्टियर्सको लागि ठूलो घोषणा गरिएको छ। राज्य सरकारले सिभिक भोलन्टियर्सको मासिक भत्ता दुई हजार रुपिया बढ़ाउने निर्णय लिएको छ। यस फसेलाबाट राज्यका हजारौं सिभिक भोलन्टियर्सलाई सोझै लाभ पुग्ने आशा छ। सरकारको यस फसेला पश्चात सिभिक भोलन्टियर्सबीच खुशीको माहोल देखिएको छ।
प्रशासनिक सूत्र मुताविक बढ़ेको भत्ता चाँड़ै लागू हुनेछ। निर्धारित प्रक्रिया पूरा भएपछि सिभिक भोलन्टियर्सको खातामा नयाँ दर अनुसार राशि पठाइनेछ।
लामो समयदेखिकै सिभिक भोलन्टियर्सले विभिन्न स्तरमा भत्ता बढ़ाउने माग गर्दै आइरहेका थिए। बजट अधिवेशनमा सरकारले यस मागलाई आंशिक रूपमा स्वीकार्दै भत्ता बढ़ाउने घोषणा गऱ्यो।
राज्य सरकारको भनाइ छ, कानून व्यवस्थालाई कायम राख्न तथा प्रशासनिक कार्यहरूमा सिभिक भोलन्टियर्सको महत्वपूर्ण भूमिकालाई ध्यानमा राखेर यो निर्णय लिइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा