साइबर धोकाधड़ीका दुई आरोपी पश्चिम बङ्गालबाट पक्राउ
साइबर धोकाधड़ीका दुई आरोपी पश्चिम बङ्गालबाट पक्राउ


देहरादून, 22 जून (हि.स.)। पुलिसले 25 लाख रुपियाँको साइबर धोकाधड़ी मामिलामा दुई जना मानिसहरूलाई पश्चिम बङ्गालबाट पक्राउ ग रेको छ। यिनीहरूबाट विभिन्न ब्याङ्कहरूका डेबिट कार्ड, पासबुक, चेकबुक, ब्याङ्क खाता खोल्ने फारम, सिम कार्ड एवं मोबाइल फोन जफत गरिएको छ।

स्पेशल टास्क फोर्स (एसटीएफ) उत्तराखण्डका वरिष्ठ पुलिस अधीक्षक अजय सिंहले बताए, देहरादून निवासी एकजना व्यक्तिले साइबर ठगीको सम्बन्धमा साइबर क्राइम पुलिस स्टेशनमा सिकायत दर्ता गराएका थिए। सिकायकर्ताले बताएका थिए, अज्ञात साइबर ठगहरूद्वारा उनको मोबाइल फोन ह्याक गरी उनको ई-मेल आईडी एवं मोबाइल नम्बर परिवर्तित गरी उनको कम्पनीको ब्याङ्क खाताबाट लगभग 24.95 लाख रुपियाँ धोकाधड़ी गरियो। सिकायतको आधारमा साइबर क्राइम पुलिसले मामिला दर्ता गरी कारबाही शुरू गऱ्यो। घटनामा प्रयुक्त ब्याङ्कक खाताहरू, रजिस्टर्ड मोबाइल नम्बरको जानकारी लिनको लागि सम्बन्धित ब्याङ्क, सर्भिस प्रदाता कम्पनी आदिबाट डेटा प्राप्त गरियो। प्राप्त डेटाको विश्लेषण गरिएपछि गत 14 जूनमा एउटा पुलिस टीमलाई पश्चिम बङ्गाल तर्फ प्रस्थान गराइयो। पुलिस टीमले सुराकको सूचनामा बङ्गालको रानाघाटबाट घटनामा संलिप्त दुई जना मानिसहरू क्रमैले तपन बिस्वास (45) र उत्तम कुमार दास (38)-लाई पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande