पेपर लीकको लागि केन्द्र सरकार जिम्मेवार छ: नेगी
पेपर लीकको लागि केन्द्र सरकार जिम्मेवार छ: नेगी


पौड़ी गढ़वाल, 22 जून (हि.स.)। प्रतियोगी परीक्षाहरूमा पेपर लीक भएकोमा कङ्ग्रेसले आक्रोश व्यक्त गरेको छ। कङ्ग्रेसले केन्द्र सरकारलाई पेपर लीगको लागि जिम्मेवार रहेको बताउँदै केन्द्रिय सिक्षा मन्त्रीको राजीनामाको माग समेत गरेको छ। आज पौड़ीमा आयोजित प्रेसवार्तामा कङ्ग्रेसका जिल्लाध्यक्ष विनोद नेगीले भने, प्रतियोगी परीक्षाहरूमा लगातार पेपर लीक भएको मामिला प्रकाशमा आइरहेको छ।

प्रतियोगी परीक्षाहरूमा भ्रष्ट्राचार बढ़्नाले विद्यार्थीहरू चिन्तित छन्, तर केन्द्र सरकार यस मुद्दामा मौन बसेको छ।उनले भने, हिजोआज प्रायजसो नै पेपर लीक भएको खबर आइरहेको छ। नीट, सीबीएसई, पीएससीएस, एनटीए आदि संस्थाहरू लगातार विफल भइरहेका छन्। नीटको पेपर लीक भएको घटनाले विद्यार्थीहरूको हनन भएको छ। यसबाट आघातित विद्यार्थीहरू आत्महत्या गर्न समेत बाध्य भइरहेका छन्।

उनले भने, पेपर लीक भएपछि धेरै जना विद्यार्थीहरूको भविष्य अन्धकारमय भएको छ। आरोप लगाए, यसको लागि केन्द्र सरकार जिम्मेवार छ। यस महत्वपूर्ण मुद्दामा प्रधानमन्त्री, केन्द्रिय शिक्षा मन्त्री औ केन्द्र सरकार छन्। यस मुद्दालाई लिएर राज्यव्यापी अभियान विद्यार्थीहरूको गुञ्जन कार्यक्रम आयोजना गरिरहेको अवगत गराउँदै उनले भने, यस अभियान अन्तर्गत विद्यार्थीहरूको आवाज उठाउने काम गरिनेछ। यस अवसरमा नगराध्यक्ष भरत सिंह रावत, जिल्ला पञ्चायत सदस्य चन्द्रभानु, सुन्दरलाल मुयाल, वीर प्रताप सिंह, अनिल कुमार आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande