अयोध्या राम मन्दिर दर्शनका लागि जानेछन् अरविन्द केजरीवाल, एक्समा दिए जानकारी
अयोध्या राम मन्दिर दर्शनका लागि जानेछन् अरविन्द केजरीवाल, एक्समा दिए जानकारी


नयाँ दिल्ली, 22 जून (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल आगामी शुक्रवार अयोध्यास्थित राम मन्दिरमा दर्शन गर्न जानेछन्। अरविन्द केजरीवालले सोमवार सोशल मीडिया प्लेटफर्म एक्समा जानकारी गराउँदै भने, आगामी शुक्रवार उनी अयोध्यास्थित राम मन्दिरमा दर्शन गर्नका लागि जानेछन्।

केजरीवालले आफ्नो पोस्टमा लेखे, अयोध्याको श्री राम मन्दिरमा भएको चढ़ावा चोरीबाट हरेक सनातनी अत्यन्त दुःखी भएका छन्। उनले भने, शुक्रवार उनले श्री राम मन्दिरमा पुगेर दर्शन गर्नेछन्।

उल्लेखनीय छ, अयोध्याको राम मन्दिरमा श्रद्धालुहरूद्वारा चढ़ाइएको दान अनि चन्दामा कथित धाँधली भएको मामिला जून महिनाको शुरूमा त्यसबेला सार्वजनिक भएको थियो जतिबेला श्रीराम जन्मभूमि तिर्थ क्षेत्र ट्रष्टको आन्तरिक अडिटमा व्यापक विसङ्गतीहरू पाइएको आरोप उठेको थियो। अडिटमा गड़बड़ी भएको आरोपपछि मन्दिर परिसर तता दान पात्र वरपरका सीसीटीभी क्यामराको फुटेज जाँच गर्दा त्यहाँ तैनात कर्मचारीहरूको भूमिका पूर्ण रूपले संदिग्ध देखियो। यसको तुरून्तैपछि मन्दिरका दुई जना अस्थायी कर्मीहरूलाई हिरासतमा लिएर कड़ाईपूर्वक जाँचबुझ गर्दा उनीहरूको कब्जाबाट लाखौं रुपियाँ नगद जफत गरियो जसलाई उनीहरूले थाहा पाउने डरले परिसरमा अवस्थित गोबरको थुप्रोमा लुकाएर राखेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande