
पश्चिम मेदिनीपुर, 22 जून (हि.स.)। जिल्लाको केशियाड़ी विधानसभा क्षेत्रका खेल प्रेमीहरूको लागि राज्य बजटमा ठूलो उपहार दिइएको छ। राज्य सरकारले केशियाड़ी विधानसभा क्षेत्रमा लगभग पाँच करोड़ रुपियाँको लागतमा एक आधुनिक मिनी इण्डोर स्टेडियम निर्माण गर्ने घोषणा गरेको छ। यस घोषणा पश्चात क्षेत्रका खेलाड़ीहरूमा उत्साह छाएको छ।
प्रस्तावित मिनी इण्डोर स्टेडियममा विभिन्न प्रकारका इण्डोर खेलहरूको आधुनिक सुविधा उपलब्ध हुनेछ। साथै खेलाड़ीहरूको प्रशिक्षण औ विभिन्न खेल प्रतियोगिताहरूको आयोजनको लागि पनि यो परिसरले महत्वपूर्ण भूमिका निभाउनेछ। लामो समयदेखिकै केशियाड़ी क्षेत्रमा उत्कृष्ट खेल बुनियादी ढाँचाको माग उठ्दै आइरहेको थियो जसलाई राज्य बजटमा स्वीकृत गरिएको छ।
केशियाड़ीका स्थानीय फुटबल खेलाड़ी नागेन्द्र राउतले भने, स्टेडियम बनिएपछि क्षेत्रका युवाहरूमा खेलप्रति रूचि अझ बढ़्नेछ तथा प्रतिभाशाली खेलाड़ीहरूले आफ्नो क्षमतालाई अझ प्रभावशाली ढङ्गमा विकसित गर्न सक्नेछन्। यसको साथै जिल्लाको खेल मानचित्रमा केशियाड़ीको पहिचान पनि मजबुत हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा