राज्य बजटमा कड़गपुर एयरपोर्ट परियोजनाको घोषणा, क्षेत्रीय विकासले पाउनेछ नयाँ गति
राज्य बजटमा कड़गपुर एयरपोर्ट परियोजनाको घोषणा, क्षेत्रीय विकासले पाउनेछ नयाँ गति


खड़गपुर, 22 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारले वर्ष 2026-27 को बजटमा खड़गपुरमा नयाँ हवाईअड्डा निर्माण गर्ने घोषणा गरेको छ। राज्य सरकारको यस घोषणासितै पछिल्लो लामो समयदेखिको थाँतीमा रहेको यस परियोजनालाई लिएर क्षेत्रमा विकास सम्बन्दि सम्भावनाहरूमाथि चर्चा चुलिएको छ।

राज्य सरकारले कोलकातामा बढ़्दो दबावलाई कम गर्न तथा राज्यका विभिन्न भागहरूमा हवाई सम्पर्कलाई मजबुत बनाउने उद्देश्यले केही नयाँ एयरपोर्ट विकसित गरिने योजना प्रस्तुत गरेको छ जसमा खड़गपुरलाई पनि सामेल गरिएको छ।

प्रस्तावित एयरपोर्ट परियोजना लागू भयो भने पश्चिम मेदिनीपुर, झाड़ग्राम तथा ओडिशा संलग्न क्षेत्रहरूको कनेक्टिभिटीमा सुधार आउने सम्भावना व्यक्त गरिँदैछ। औद्योगिक केन्द्रको रूपमा स्थापित खड़गपुरमा यसबाट निवेश, व्यापारिक गतिविधि औ रोजगार सृजनले प्रोत्साहन पाउने आशा छ।

यस अतिरिक्त आईआईटी खड़गपुर सहित विभिन्न शैक्षणिक संस्थानहरूमा देशभरिबाट आउने विद्यार्थीहरू तथा शोधार्थीहरूको आवागमनलाई पनि सुविधा हुनेछ।

विभिन्न व्यावसायिक औ सामाजिक सङ्गठनहरूले यसलाई क्षेत्रीय आधारभूत संरचनाको विस्तारको दिशामा महत्वपूर्ण कदम बताएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande