जम्मू-कश्मीरमा शान्ति अनि भाइचारा कायम रहनुपर्छ: मनोज सिन्हा
जम्मू-कश्मीरमा शान्ति अनि भाइचारा कायम रहनुपर्छ: मनोज सिन्हा


गाँदरबल, 22 जून (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले सोमवार गाँदरबलको तुलमुल्ला क्षेत्रमा अवस्थित खीर भवानी मन्दिरमा पूजा-अर्चना गरे। यस अवधि उनले भने, राज्यमा शान्ति अनि भाइचारा कायम रहनुपर्छ।

पत्रकारहरूसित बातचित गर्दै उपराज्यपाल सिन्हाले भने, सबैले प्रार्थना गरेका छन् कि जम्मू-कश्मीरमा शान्ति अनि सद्भाव कायम रहोस् अनि माता खीर भवानीको आशीर्वाद सबैमाथि कायम रहोस्।

उनले मेलालाई सुचारू रूपमा आयोजन गर्नको लागि गरिएका व्यवस्थाहरूको सराहना गर्दै भने, म श्रद्धालुहरूको लागि उत्कृष्ट व्यवस्था गर्नमा सामेल सबै मानिसहरूको प्रशंशा गर्न चाहन्छु।

सिन्हाले भने, श्रद्धालुहरू दशकौंदेखिको देवीको आशीर्वाद लिन तथा मेलामा सामेल हुनका लागि यस मन्दिरमा आइरहेका छन्। यस मेलाको ठूलो धार्मिक औ सांस्कृतिक महत्व छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande