
विश्वनाथ (असम), 22 जून, (हि.स.)। नशालु पदार्थ विरोधी अभियान अन्तर्गत विश्वनाथ पुलिसले मोस्ट वान्टेड तस्कर उस्मान अलीलाई पक्राउ गर्नमा सफलता हासिल गरेको छ। पुलिसले उसलाई गुवाहाटीदेखि अरूणाचल प्रदेशतर्फ गइरहेको एक रात्रिकालीन बसमा अभियान सञ्चालन गरी पक्राउ गरेको हो।
पुलिस अनुसार खोजी अभियानमा उस्मान अलीको ब्यागबाट प्रचुर मात्रामा प्रतिबन्धित ड्रग्स जफत गरियो। प्रारम्भिक जाँचमा थाहा लागेको छ, उसले यस मादक पदार्थको खेपलाई अरूणाचल प्रदेशमा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।
जफत गरिएको ड्रग्सलाई 21 माइक्रो सेन्ट्रीफ्यूज ट्यूबमा लुकाएर राखिएको थियो ताकि जाँच एजेन्सीहरूको नजरदेखि बच्न सकियोस्। पुलिसले जफत गरेको मादक पदार्थलाई आफ्नो कब्जामा लिएर मामिला दर्ता गरेको छ।
पुलिस यस तस्करी नेटवर्कसित जोड़िएका अन्य मानिसहरूको पहिचान अनि ड्रग्सको श्रोत तथा गन्तव्य पत्तो लगाउनको लागि अग्रिम जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा