
पश्चिम मेदिनीपुर, 22 जून (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको नारायणगढ़ थाना अन्तर्गत दाड़ीमारा स्थित 18 नम्बर रेलगेटको छेउमा सोमवार बिहान एक अज्ञात व्यक्तिको ट्रेनको चपेटमा परी मृत्यु भयो।
स्थानीय मानिसहरू एवं प्रत्यक्षदर्शीहरू अनुसार उक्त व्यक्ति रेलवे ट्र्याकको माझमा बसेको थियो। यस अवधि त्यहाँबाट गुज्रिरहेको एउटा द्रूत गतिको ट्रेनको चपेटमा परी उ गम्भीर रूपमा घाइते भयो अनि त्यहीँ नै मृत्यु पनि भयो। घटनापछि स्थानीय मानिसहरूले तत्काल यसको सूचना रेल पुलिसलाई दिए जसपश्चात पुलिसले घटनास्थलमा पुगेर आवश्यक कारबाही शुरू गऱ्यो।
रेल पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। मृतकको पहिचान अहिलेसम्म हुन सकेको छैन। घटना कुन परिस्थितिमा भयो, जाँच गरिँदैछ। यस सम्बन्धमा रेल पुलिसले अस्वाभाविक मृत्युको मामिला दर्ता गरी अग्रिम कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा