तमिलनाडु ग्यास लिक दुर्घटनाः मुख्यमन्त्रीद्वारा शोक व्यक्त, ओडिशाका वरिष्ठ अधिकारीहरू सहयोगका लागि प्रस्थान
तमिलनाडु ग्यास लिक दुर्घटनाः मुख्यमन्त्रीद्वारा शोक व्यक्त, ओडिशाका वरिष्ठ अधिकारीहरू सहयोगका लागि प्रस्थान


भुवनेश्वर, 22 जून (हि.स.)। तमिलनाडुको तिरुवल्लुरमा भएको अमोनिया ग्यास लीक दुर्घटनामा ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस दुःखदायी घटनामा प्राण गुमाउने श्रमिकहरूका परिवारजनप्रति संवेदना प्रकट गर्दै घाइते ओड़िया श्रमिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

मुख्यमन्त्रीले आफ्नो शोक सन्देशमा भने, यस दुर्घटनाबाट उनी अत्यन्त व्यथित भएका छन्। उनले मृतकहरूका परिवारहरूप्रति गगहिरो संवेदना व्यक्त गर्दै आश्वासन दिए, ओडिशा सरकार प्रभावित श्रमिकहरू तथा उनीहरूका परिवारहरूलाई हरसम्भव सहायता उपलब्ध गराउनको लागि प्रतिबद्ध छ।

राज्य सरकार लगातार तमिलनाडु प्रशासनको सम्पर्कमा छ साथै प्रभावित ओड़िया श्रमिकहरूको स्थितिमाथि नजर राखिरहेको छ। मुख्यमन्त्रीको निर्देशमा ओडिशाकी मुख्य सचिव अनु गर्गले तमिलनाडुका मुख्य सचिवसित बातचित गरी घाइते श्रमिकहरूको समुचित उपचार तथा अन्य आवश्यक सहायता सुनिश्चित गर्नेमाथि चर्चा गरिन्।

यसबीच प्रभावित श्रमिकहरू तथा उनीहरूका परिवारहरूलाई आवश्यक सहयोग प्रदान गर्न अनि स्थानीय प्रशासनसित समन्वय कायम राख्नको लागि ओडिशा सरकारका तीन जना वरिष्ठ अधिकारीहरूलाई तत्काल तिरुवल्लुर पठाइएको छ। यी अधिकारीहरूले घटनास्थलमा पुगेर राहत अनि सहायता कार्यहरूको निगरानी गर्नेछन् अनि आवश्यकतामा परेका श्रमिकहरूलाई हरसम्भव मद्दत उपलब्ध गराउनेछन्।

ओडिशा सरकारले भरोसा दिलाएका छन्, सङ्कटको यस घड़ीमा प्रभावित श्रमिकहरू तथा उनीहरूका परिवारहरूलाई कुनै पनि प्रकारको कठिनाईको सामना गर्न नपरोस्, यसका लागि सबै आवश्यक कदम उठाइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande