मानिसहरूले अजिङ्गरलाई समातेर वन विभागलाई सुम्पिदिए
मानिसहरूले अजिङ्गरलाई समातेर वन विभागलाई सुम्पिदिए


तिनसुकिया (असम), 22 जून (हि.स.)। तिनसुकिया जिल्लाको मार्घेरिटा समजिलामा लेखापानी थाना अन्तर्गत एक नम्बर लोङ्गटोङ्ग स्थित निजी चिया बगानमा एउटा विशालकाय अजिङ्गर देखिएपछि क्षेत्रमा सन्त्राष फैलियो। अजिङ्गरलाई देखेर बगान कर्मी तथा स्थानीय मानिसहरू भयभित भए।

यसबीच एकजना स्थानीय युवकको विवेकपूर्ण तथा साहसिक पहलले गर्दा अजिङ्गरलाई सुरक्षित रूपमा समातियो। त्यसपछि उनीहरूले तत्कालै लेखापानी वन कार्यालयलाई घटनाको सूचना दिए। सूचना पाउनसाथ वन विभाग सक्रिय भयो। वनकर्मीहरूको एक टीम आवश्यक उपकरणहरूको साथमा घटनास्थलमा आइपुगे।

वन विभागको टीमले स्थानीय मानिसहरूको सहयोगमा अजिङ्गरलाई आफ्नो कब्जामा लिएर त्यसको प्राथमिक निरीक्षण गऱ्यो। अधिकारीहरू अनुसार अजिङ्गरलाई स्वस्थ पाइयो, त्यसलाई कुनै पनि प्रकारको चोट लागेको थिएन। आवश्यक प्रक्रिया पूरा गरेपछि त्यसलाई सुरक्षित स्थानमा छोड़ियो। वन अधिकारीहरूले स्थानीय मानिसहरूको तत्परता अनि साहसको सराहना गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande