6 जुलाई, श्यामाप्रसाद मुखर्जीको जयन्तीमा सरकारी अवकाश घोषित
6 जुलाई, श्यामाप्रसाद मुखर्जीको जयन्तीमा सरकारी अवकाश घोषित


कोलकाता, 22 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारले सोमवार राज्यको बजट पेश गर्दै एउटा महत्वपूर्ण घोषणा गऱ्यो। अब प्रत्येक वर्ष 6 जुलाईका दिन डा. श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा राज्यभरि नै सरकारी अवकाश रहनेछ। यस वर्ष 6 जुलाईमा उनको 125औं जयन्ती मनाइयो।

राज्य सरकारले बताए अनुसार पश्चिम बङ्गालको इतिहास औ निर्माणमा डा. श्यामा प्रसाद मुखर्जीको महत्वपूर्ण योगदानलाई सम्मान दिनका लागि यो फसेला लिइएको हो। विशेष दिन राज्यका सरकारी कर्मचारीहरूलाई प्रत्येक वर्ष नै अवकाश प्राप्त हुनेछ।

बजटमा यो पनि घोषणा गरियो, हुगली जिल्लाको बलागढ़स्थित जिराटमा डा. मुखर्जीको पैतृक घरको पूर्ण रूपले पुनर्निर्माण औ सौन्दर्यीकरण गरिनेछ। साथै त्यहाँ उनको 125 फुट अग्लो विशाल प्रतिमा स्थापना गर्ने योजना बनाइएको छ।

यस सम्पूर्ण प्रोजेक्टको लागि राज्य बजटमा 200 करोड़ रुपियाँ आवन्टित गर्ने प्रस्ताव राखिएको छ।

राज्य सरकारले बतायो, डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीको अवसरमा सारा राज्यमा केही कार्यक्रमहरू आयोजना गरिनेछ। हालैमा 20 जूनलाई ‘पश्चिम बङ्ग दिवस’- को रूपमा मनाउने फसेलाको पछाड़ि पनि उनको ऐतिहासिक भूमिकालाई महत्व दिइएको छ। यस अतिरिक्त 21 जूनदेखि उनको स्मृति-पक्ष मनाउने निर्णय पनि लिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande