
सिलगढ़ी, 22 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का नेता औ केन्द्रिय मन्त्री सुकान्त मजुमदारले सोमवार बङ्गाल विधानसभामा भाजपा सरकारद्वारा पेश गरिएको प्रथम बजटलाई “ऐतिहासिक” बताएका छन्। उनले भने, यो राज्यको समग्र विकासको दिशामा एउटा ठूलो कदम हो। सोमवार बागडोगरा एयरपोर्टमा सुकान्त मजुमदारले पत्रकारहरूसित कुराकानी गर्दै सो मन्तव्य व्यक्त गरेका हुन्।
सुकान्त मजुमदारले भने, वर्ष 2014-देखि नै उत्तर बङ्गालका मानिसहरूले भाजपालाई समर्थन गरिरहेका छन्। त्यसैको परिणामस्वरूप क्षेत्रमा द्रूत गतिमा विकास कार्य भइरहेको छ।
सुकान्त मजुमदारले मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई धन्यवाद दिँदै भने, भाजपाले यो साबित गरेको छ कि उसले अन्य दलहरूभन्दा भिन्नै शैलीमा काम गर्छ। उनले दाबी गरे, उत्तर बह्गालबाट धेरैजनालाई मन्त्री बनाइएको छ। राज्य बजटमा पनि यस क्षेत्रको लागि केही महत्वपूर्ण विकास परियोजनाहरूको घोषणा गरिएको छ जसले सामाजिक तथा आर्थिक प्रगतिलाई गति दिनेछ।
उनले भने, पछिल्लो 15 वर्षमा पश्चिम बङ्गाल विकासको मामिलामा पछाड़िएको थियो, तर अब त्यो खालीपनलाई द्रूत गतिमा भरिँदैछ। मजुमदार अनुसार “उत्तर बङ्गाल अब बिजुलीको गतिमा अगाड़ि बढ़िरहेको छ,” जहाँ हवाईअड्डाहरूदेखि लिएर आईआईटी तथा नगरपालिकाहरूसम्मको विस्तार भइरहेको छ। उनले यो पनि भने, सरकारले राजस्व बढ़ाउने दिशामा काम गरिरहेको छ जबकि पहिलाका सरकारहरू रक्सीबाट हुने आयमाथि निर्भर थिए।
सीपीएम र तृणमूल कङ्ग्रेसमाथि हमला गर्दै उनले भने, उनीहरूको शासनकालमा बनिएको “खाड़ल”-लाईभर्ने काम अब शुरू भइसकेको छ।
उनले यो पनि ब ताए, बजटमा आदिवासी भाषा एवं संस्कृतिको विकासको लागि विशेष प्रावधान राखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा