अभिषेक ब्यानर्जीका निकटवर्ती सुमित रायमाथि नयाँ प्राथमिकी, जाँचको घेरा बढ़्यो
अभिषेक ब्यानर्जीका निकटवर्ती सुमित रायमाथि नयाँ प्राथमिकी, जाँचको घेरा बढ़्यो


कोलकाता, 21 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीका निकटवर्ती मानिने सुमित रायको कठिनाई अझf बढ़ेको छ। पश्चिम मेदिनीपुर जिल्लाको डेबरा थानामा उनी विरूद्ध धोकाधड़ी तथा जालझेलको आरोपमा नयाँ प्राथमिकी दर्ता गरिएको छ। यस मामिलामा मेदिनीपुरका पूर्व विधायक सुजय हाजराको नाम पनि सामेल छ।

पुलिसले नयाँ प्राथमिकीको आधारमा जाँच शुरू गरेको छ। सुमित रायलाई पहिलाबाटै सालबनी थानामा दर्ता भूमि भ्रष्टाचार मामिलामा पुलिसले खोजिरहेको छ। तिनीमाथि जमीनसित सम्बन्धितअनियमितता तथा पार्टीको टिकट दिलाउने नाममा असुली गरेको आरोप पनि लागेको छ।

पुलिसले पहिला सुमित राय विरूद्ध पक्राउ वारन्ट हासिल गरेको थियो। तिनी भागेपछि निगरानी सूचना पनि जारी गरिएको थियो। त्यसपछि उनले कलकत्ता उच्च न्यायालयमा अग्रिम जमानतको लागि आवेदन गरे। तथापि न्यायमूर्ति जय सेनगुप्ताको अदालतले उनको याचिकामाथि तत्काल सुनवाई गर्नदेखि अस्वीकार गऱ्यो। मामिलाको सुनवाई अहिले थाँतीमा रहेको छ।

डेबरा थानामा दर्ता प्राथमिकी गत 16 जूनको सिकायतमाथि आधारित छ। सिकायतकर्ता प्रसेनजीत रायले आरोप लगाए, उनी लगायत अन्य एघार जना मानिसहरूलाई सरकारी नोकरी दिलाउने आश्वासन दिएर धन लिइयो। सिकायत अनुसार सुजय हाजराले 12 सरकारी पदहरूमा नियुक्ति गराउनको लागि प्रत्येक उम्मेद्वारबाट 3.5 लाख रुपियाँको माग गरेका थिए।

सिकायतकर्ताको आरोप छ, शुरूआतमा 12 लाख रुपियाँ दिइयो। त्यसपछि सुजय हाजराले उम्मेद्वारहरूलाई डेबराको एउटा होटलमा आशिक नामक व्यक्तिसित भेट गराए। आशिकले आफूलाई नवान्नको कर्मचारी बताए अनि कथित रूपमा उम्मेद्वारहरूलाई खाद्य भवन तथा विकास भवनपनि लिएर गए।

आरोपछ, कथित नियुक्ति प्रक्रिया अन्तर्गत उम्मेद्वारहरूको चिकित्सकीय जाँचपनि गराइयो, तर कसैले नोकरी पाएन। सिकायतकर्ता मुताविक पछि आशिकले अतिरिक्त दनको माग गर्दै भने, यो राशि अभिषेक ब्यानर्जीका सहयोगीसम्म पुऱ्याउनुपर्छ।

प्रसेनजीत रायले यो पनि आरोप लगाए, धन लिएपछि आरोपीहरूले असली नियुक्ति पत्र दिनको सट्टा नियुक्ति पत्रको फोटोकपी उपलब्ध गराए। उम्मेद्वारहरूले नोकरी वा धन फर्काउने माग गर्दा उनीहरूलाई झुटो आपराधिक मामिलामा फसाउने धम्की दिइयो।

पुलिस सूत्र अनुसार, सालबनी भूमि भ्रष्टाचार मामिलामा हिरासतमा लिइएको सुजय हाजरासित जाँचबुझ गर्दा सुमित रायको नाम सामु आयो। त्यसपछि डेबरा थानामा दर्ता मामिलाले जाँचलाई नयाँ आयाम दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande