सिलगढ़ी नगरनिगममा बोर्ड गठनलाई लिएर तृणमूल दुई खेमामा विभाजित
सिलगढ़ी नगरनिगममा बोर्ड गठनलाई लिएर तृणमूल दुई खेमामा विभाजित


सिलगढ़ी, 22 जून (हि.स.)। सिलगढ़ी नगरनिगमलाई लिएर राजनीतिक सङ्कट लगातार बढ़्दै गइरहेको छ। मेयर गौतम देवले राजीनामा दिएपछि नयाँ बोर्ड गठनलाई लिएर तृणमूल कङ्ग्रेसभित्र गहिरो मतभेद रहेको कुरा खुलेर बाहिरिएको छ।

सोमवार बोर्ड गठनको लागि राज्यको शहरी विकास विभागद्वारा तोकिएको समय-सीमाको अन्तिम दिन थियो, तर तृणमूल कङ्ग्रेसका पार्षदहरूले नयाँ मेयरको नाममा सहमति कायम गर्न सकेनन्। लामो बैठकपछि 24 जना पार्षदहरूद्वारा बोर्ड गठनको माग गर्दै हस्ताक्षरित पत्र नगरनिगम आयुक्तलाई सुम्पिइयो।

अर्कोतिर बैठकको बीचमै डिप्टी मेयर रञ्जन सरकार, शम्पा नन्दी र आलोक भक्त जस्ता नेताहरू बाहिर निक्ले जसले गर्दा उनीहरूले यस पत्रमा हस्ताक्षर गरेनन्। त्यसपछि तृणमूलको एक गुटले अलग्गै बैठक गरेर रञ्जन सरकारलाई नेता अनि सञ्जय पाठकलाई उपनेता बनाउने निर्णय लिए जसबाट आन्तरिक विवाद झन् बढ़्यो।

यस घटनाक्रमबाट असन्तुष्ट भएर केही पार्षदहरूले राजीनामा दिने मन बनाएका छन्। हाल नगरनिगममा तृणमूलका 37 जना पार्षदहरूमध्ये चार जनाले पहिला नै राजीनामा दिसकेका छन् । गौतम देव र रञ्जन शील शर्मा जस्ता केही पार्षदहरू बैठकमा अनुपस्थि रहे जसबाट उनीहरूको भूमिकामाथि प्रश्न उठिरहेको छ।

तृणमूलका दार्जीलिङ् जिल्लाध्यक्ष कुन्तल रायले भने, राज्य सरकारको निर्देशानुसार बोर्ड गठन गर्ने प्रक्रिया शुरू गरिएको छ। चाँड़ै नै मेयर सहित अन्य पदहरूको नाम घोषणा गरिनेछ। तथापि डिप्टी मेयर रञ्जन सरकारद्वारा हस्ताक्षर नगरिएको प्रश्नलाी उनले टारिदिए।

यता भाजपाका नेता अमित जैनले आरोप लगाए, तृणमूलको यस तानातानबाट आम जनतालाई समस्या हुनेछ। उनले यो पनि दाबी गरे, बैठकमा पार्षदहरूको हस्ताक्षर जाली हुनसक्छ।

नगरनिगममा जारी यस राजनीतिक अस्थिरताबीच शहरमा प्रशासनिक कामकाज औ नागरिक सेवाहरूलाई लिएर चिन्ता बढ़्दै गइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande