
कोलकाता, 22 जून (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आर. एन. रविले तमिलनाडुको तिरुवल्लुर जिल्लामा अमोनिया ग्यास चुहावटको घटनामा भएको जनहानिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सोमवार लोकभवनद्वारा जारी बयानमा राज्यपाल आर. एन. रविले भने, तमिलनाडुको तिरुवल्लुर जिल्लामा भएको यस दुःखदायी घटनामा बहुमूल्य जीवनको नोक्सानले उनी अत्यन्त व्यथित भएका छन्। उनले शोक सन्तप्त परिवारहरूप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
उल्लेखनीय छ, तमिलनाडुको तिरुवल्लुर जिल्लामा गए आइतवार एउटा ठूलो दुर्घटना भयो जहाँको एक सीफूड प्रोसेसिङ्ग फ्याक्ट्रीमा अचानक अमोनिया ग्यास चुहिएकोले पाँच जना महिला श्रमिकहरूको मृत्यु भयो। यस विषालु ग्यासको चपेटमा परी 60 जनाभन्दा अधिक श्रमिकहरू बिमार भए जसलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ। मुख्यमन्त्रीले मृतकहरूको परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेका छन्। साथै मामिलाको उच्च स्तरीय जाँच गर्ने आदेश पनि दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा