
धेमाजी (असम), 22 जून (हि.स.)। असमको धेमाजी जिल्लास्थित हाहचरा क्षेत्रमा गए आइतवार अबेर राति भएको एक भयानक सड़क दुर्घटनामा भारतीय स्टेट ब्याङ्क (एसबीआई) धेमाजी शाखाका दुई जना कर्मचारीहरूको घटनास्थलमै मृत्यु भयो।
मृतकहरूको पहिचान एसबीआई धेमाजी शाखाका क्याशियर हिरकज्योति मिली तथा अकाउन्ट्स स्टाफ रातुल कोँवरको रूपमा भएको छ। प्राप्त जानकारी अनुसार, यी दुईले एउटै वाहनमा यात्रा गरिरहेका थिए। चालकले नियन्त्रण गुमाएको कारणले वाहन चिप्लिएर पानीमा पस्यो। यस भयानक दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भयो। यस दुःखद घटनाले ब्याङ्क कर्मीहरू, परिवारजन तथा स्थानीय मानिसहरूमा शोक व्याप्त भएको छ।
पुलिसले मामिलाको जाँच शुरू गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा