
सिलगढ़ी, 22 जून (हि.सं.)। शहर संलग्न फूलबाड़ी क्षेत्रमा सोमवार बिहान भएको एक पीड़ादायी सड़क दुर्घटनामा दुई जना युवकहरूको मृत्यु भयो। यी दुई युवक सदा जस्तै स्कुटीमा सवार भएर काममा गइरहेका थिए। यसै अवधि यिनीहरू राष्ट्रिय राजमार्गमा एउटा भारी वाहनको चपेटमा परे। घटनापछि आरोपी वाहन चालक घटनास्थलबाट भाग्यो।
स्थानीय सूत्र अनुसार मृतकहरूको पहिचान मिन्टु शील र कृष्ण हलदारको रूपमा भएको छ। दुवै फाँसीदेवा क्षेत्रको काशीराम निवासी थिए जो फूलबाड़ी स्थित एक चनाचूर (नमकिन) फ्याक्ट्रीमा कार्यरत थिए।
जानकारी मुताविक सोमवार बिहान काममा गइरहेको बेला फूलबाड़ी महानन्दा ब्यारजको छेउमा उनीहरूको स्कुटी कुनै भारी वाहनसित ठोक्कियो। यस भीषण ठक्करमा दुवै युवकको घटनास्थलमै मृत्यु भयो।
घटनाको सूचना पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले शवहरूलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले दुर्घटनाको जाँच गर्न शुरू गरेको छ। भगौड़ा वाहन चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा