
नोएडा, 22 जून (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाको नोएडाको दनकौर थाना क्षेत्रको मण्डी श्याम नगरमा बस्ने एक युवकले आफ्नो परिवारसँग रिसाएर गंगा नहरमा हाम फालेर आत्महत्या गरे। पुलिस र राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) ले आज बिहान नहरबाट युवकको शव निकालेको छ।
दनकौर थानाका प्रभारी निरीक्षक मनोज कुमार सिंहले बताए, 20 वर्षीय नीरजको आफ्नो परिवारसँग कुनै विषयमा झगड़ा भएको थियो। उनी आइतवार रिसाएर घरबाट निस्केर गंगा नहरमा हाम फाले। उनकी आमाले उनलाई रोक्न दौड़िन् तर त्यतिन्जेलसम्म युवक डुबिसकेको थियो। आफ्नो छोरा नहरमा हाम फालेको देखेर आमाले चिच्याउन थालिन्। छिमेकीहरू घटनास्थलमा पुगे। केहीले उनलाई बचाउने प्रयास गरे र पुलिसलाई खबर गरे।
उनले एनडीआरएफ र पुलिस टोली आइतवार रातिदेखि आज बिहानसम्म घटनास्थलमा पुगेर शवको खोजी गरिरहेको बताए। उनले नहरमा पानीको तीव्र बहावका कारण उद्धार कार्यमा बाधा पुगेको बताए। उनले सोमवार बिहान नहरबाट युवकको शव बाहिर निकालिएको बताए। उनले थप भने, पुलिसले पोस्टमार्टम गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी