
गान्तोक, 22 जून (हि.स.)। राज्यपाल ओमप्रकाश माथुरसॅंग आज लोकभवनमा राज्य सरकारको धर्म विभाग, जन स्वास्थ्य अभियान्त्रिकी एवं जल संसाधन विभागका मन्त्री सोनाम लामाले शिष्टाचार भेट गरे। यस भेट अवधि मन्त्री लामाले सिक्किम आर्चेरी संघका नवनिर्वाचित अध्यक्षका रूपमा राज्यपाललाई आगामी 'राज्यपाल आर्चेरी टुर्नामेन्ट' बारे विस्तृत जानकारी दिए।
उनले राज्यपाललाई आर्चेरी सिक्किमको पारम्परिक खेल रहेको र यो टुर्नामेन्टले सिक्किमको प्राचीन खेल संस्कृतिलाई बढावा दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। यसका साथै युवा प्रतिभाहरूलाई अन्तरराष्ट्रिय स्तरमा भारतको प्रतिनिधित्व गर्नका लागि एउटा दह्रिलो मञ्च प्रदान गर्ने उनले बताए।
राज्यपालले खेल गतिविधिहरूको माध्यमले स्वस्थ जीवनशैली र खेललाई बढावा दिने दिशामा संघले गरेका प्रयासहरूको सराहना गरे। उनले सिक्किमको खेल पहिचानलाई वैश्विक मानचित्रमा स्थापित गर्ने यस आयोजनलाई आफ्नो पूर्ण मार्गदर्शनको आश्वासन दिए।
हिन्दुस्थान समाचार / बिशाल