माछोङ सरस्वती विद्या निकेतनको वार्षिक वर्षगॉंठ समारोह सम्पन्न
माछोङ सरस्वती विद्या निकेतनको वार्षिक वर्षगॉंठ समारोह सम्पन्न


गान्तोक, 22 जून (हि.स.)। विद्या भारती सिक्किमद्वारा पाकिम जिल्ला अन्तर्गत नाथाङ माछोङ निर्वाचन क्षेत्रको माछोङमा सञ्चालित सरस्वती विद्या निकेतनको गत शनिवार वार्षिक वर्षगॉंठ कार्यक्रम आयोजन गरियो। रंगारंग सांस्कृतिकका साथ आयोजना गरिएको उक्त कार्यक्रममा राज्यसभा सांसद डीटी लेप्चा मुख्य अतिथि थिए।

कार्यक्रममा विद्या भारती सिक्किमका पदाधिकारीहरू, खण्ड विकास अधिकारी, शिक्षा विभागका अधिकारी, पञ्चायतगण, विद्यालयका शिक्षकगण, अभिभावकहरू, विद्यार्थीहरू आदि उपस्थित थिए।

मुख्य अतिथि राज्यसभा सांसद लेप्चाले आफ्नो सम्बोधनमा विद्यालयलाई तीन लाख रूपियॉं आर्थिक सहयोगका साथै एउटा विद्यालय बस प्रदान गर्ने आश्वासन दिए। यसैगरी, उनले विद्या भारती अधीनस्थ सञ्चालित अन्य विद्यालयहरूलाई पनि शैक्षिक सामग्री लगायत फर्नीचर आदि सहयोग गर्ने आश्वासन दिए।

कार्यक्रममा मुख्य अतिथि लगायत अन्य चार विशिष्ट व्यक्तिलाई सम्मान जनाइयो। स्थानीय सञ्चालन समिति, अभिभावक, स्थानीय नागरिक तथा विद्या भारती प्रान्तीय समितिको निरन्तर प्रयास, पूर्व तयारी र समन्वयका कारण केवल 18 महिनाको यो प्राथमिक विद्यालय उदाहरणीय रूपमा सञ्चालन भइरहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande