उत्तर बङ्गालमा घना वर्षा, दक्षिणमा चेताउनी जारी
उत्तर बङ्गालमा घना वर्षा, दक्षिणमा चेताउनी जारी


कोलकाता, 23 जून (हि.स.)। पश्चिम बङ्गालमा लगातार भइरहेको वर्षाका कारण मानिसहरूले गर्मीबाट राहत पाएका छन्। कोलकाता समेत दक्षिण बङ्गालका केही जिल्लाहरूमा पछिल्लो केही दिनदेखिको रोकिँदै परिरहेको पानीले तापमाना ह्रास दर्ता गरिएको छ। तथापि मौसम विभागले मङ्गलवार पनि राज्यका धेरै वटा भागहरूमा हुरीसितै वर्षा हुने सम्भावना व्यक्त गरेको छ।

भारतीय मौसम विज्ञान विभाग अनुसार आगामी 24 घण्टासम्म कोलकाता सहित वरपरका क्षेत्रहरूमा सामान्यत। बादल लागिरहनेछ। यस अवधि हल्का वर्षा वा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। गए सोमवार बिहान 8:30 बजेदेखि राती 8:30 बजेसम्म कोलकातामा 0.3 मिलीमीटर वर्षा दर्ता गरियो।

मौसम विशेषज्ञहरूको भनाइ छ, मङ्गलवार बादल लागिरहने अनि हल्का वर्षा हुने भएकोले तापमान सामान्यभन्दा तल झर्नसक्छ, तर हावामा नमी अधिक भएको कारणले आद्रतापूर्ण स्थिति कायम रहनसक्छ।

मौसम विभागले दक्षिण बङ्गालका लगभग सबै जिल्लाहरूमा आगामी केही घण्टासम्म हल्कादेखि मध्यम वर्षा अथवा मेघ गर्जनसितै वर्षा हुने सम्भावना व्यक्त गरेको छ। त्यसकारण तापमान घट्नसक्छ, तर मानिसहरूले आद्रताबाट पूर्ण रूपमा राहत पाउने आशा छैन।

पूर्व र पश्चिम बर्धमान, नदिया, बीरभूम औ मुर्शिदाबाद जिल्लाका एक-दुई ठाउँंमा तीव्र हुरी अनि मेघ गर्जनसितै वर्षा हुनसक्छ। यी क्षेत्रहरूा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने चेताउनी जारी गरिएको छ।

दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा पनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ साथै मेघ गर्जनसितै वर्षा हुने सम्भावना कायम छ।

उत्तर बङ्गालको स्थिति गम्भीर रहेको छ। यहाँका केही जिल्लाहरूमा घना वर्षाको सिलसिला जारी छ। विशेष रूपमा डुवर्स र पार्वतीय क्षेत्रहरूमा अतिघना वर्षाको चेताउनी जारी गरिएको छ। लगातार वर्षा भएको कारणले सड़कहरू बन्द भएका छन् जसबाट पर्यटक अनि स्थानीय मानिसहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande