
गुवाहाटी, 23 जून (हि.स.)। जुबिन गर्गका पूर्व म्यानेजर सिद्धार्थ शर्मामाथि गायकले कमाएका धनलाई दुरुपयोग गरेको आरोप लगाउँदै अधिवक्ता जियाउर कमारले मङ्गलवार केही गम्भीर दाबी गरे।
सुनवाई पश्चात मीडियासित बातचित गर्दै कमारले भने, जुबिन गर्गको ब्याङ्क खातामा वर्तमानमा मात्र नौ लाख रुपियाँ रहेको छ जबकि सिद्धार्थ शर्माको खातामा करोड़ौं रुपियाँ छ। उनले आरोप लगाए, विभिन्न बिहू समितिहरूद्वारा जुबिन गर्गको कार्यक्रमको लागि दिइएको धनलाई सिद्धार्थ शर्माले पचाए।
अधिवक्ताले दाबी गरे, मामिलाको सुनवाईमा जुबिन गर्गको धनको कथित दुरूपयोगसित सम्बन्धित केही महत्वपूर्ण जानकारीहरू हात लागेको छ। यद्यपि यी आरोपहरूको पुष्टि हाल अदालतद्वारा गरिएको छैन।
यसबीच जुबिनको हत्या मामिलाका आरोपी सिद्धार्थ शर्माको जमानत याचिकामाथि सुनवाई भइसकेको छ। अदालतले आफ्नो फसेलालाई सुरक्षित राखेको छ भने आगामी 26 जून वा त्यसपछि कुनै दिन आदेश सुनाउने सम्भावना छ।
उल्लेखनीय छ, सन्दीपन गर्गको जमानत याचिकामाथि गौहाटी उच्च न्यायालयमा न्यायमूर्ति मिताली ठाकुरियाको पीठले आज सुनवाई गऱ्यो। अदालतले सन्दीपन गर्गद्वारा प्रस्तुत तर्कहरूलाई सुन्यो अनि मामिलाको अग्रिम सुनवाई आगामी 15 जुलाईमा निर्धारण गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा